छुट्टाछुट्टै सवारी दुर्घटनामा ९ जनाको मृत्यु

काठमाडौं - महोत्तरी, बारा, प्यूठान, रुकुम (पश्चिम), झापा, बाँके र दाङका छुट्टाछुटै स्थानमा भएको सवारी दुर्घटनामा ९ जनाको मृत्यु भएको छ ।
महोत्तरीको महोत्तरी गाउँपालिका–६ गोरिगामामा प्र.२–०२–००१ त ००६४ नम्बरको ट्रयाक्टर आइतबार दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा एकडारा गाउँपालिका–५ बहेरा बस्ने १८ वर्षीय सरोज डोम छन् ।
बाराको पचरौता नगरपालिका–८ लंगडाचोक डोर पुलमा प्रदेश नम्बर २–०३–०१४ प ४०१६ नम्बरको मोटरसाइकलबाट खसेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रौतहट ईशनाथ नागरपालिका–२ औरैया टोल बस्ने ३० वर्षीया मिना देवी रहेकी छन् ।
प्यूठानको प्यूठान नगरपालिका–४ बिजुवारमा रा.१ क ८८१ नम्बरको बसको ठक्करबाट सोही ठाउँ बस्ने १५ महिने बालक युनिक कार्कीको आइतबार दिउँसो मृत्यु भएको छ ।
रुकुम (पश्चिम)को आठबिकोट नगरपालिका–४ तिलमा भे.२ त ५४ नम्बरको ट्रयाक्टर दुर्घटना हुँदा चालक सोही नगरपालिका–६ बस्ने ३९ वर्षीय मोति प्रसाद खड्काको घटनास्थलमै मृत्यु भएको छ ।
झापाको बिर्तामोड नगरपालिका–२ रामचोकमा ना.६ ख ६४५५ नम्बरको ट्रकले बा.१५ प ८२०२ नम्बरको मोटरसाइकललाई आइतबार राति ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक सोही नगरपालिका–२ बस्ने २९ वर्षीय संयम बजगाईँ रहेका छन् ।
बाँकेको नेपालगन्ज उपमहानगरपालिका–११ बिपि चोकमा प्रदेश नम्बर ३–०१–०२३ च ८४८१ नम्बरको कारको ठक्करबाट ३ जना पदैलयात्रीको आइतबार राति मृत्यु भएको छ । मृत्यु हुनेहरुमा सोही उपमहानगरपालिका–११ सोनारमण्डी बस्ने ६५ वर्षीया समिना ईद्रिसी, ५ वर्षीय अली अन्सारी र ५ बर्षीय कलिम ईद्रिसी रहेका छन् । ठक्करबाट गम्भीर घाइते भएका उनीहरुको नर्सिङ होम नेपालगंजमा उपचारको क्रममा मृत्यु भएको हो ।
दाङको घोराही उपमहानगरपालिका–७ नागडाँडामा रा.५ प ५१८५ नम्बरको मोटरसाइकल रा.१ त ४६७८ नम्बरको ट्रयाक्टरमा ठोक्किएर आइतबार राति दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक सोही उपमहानगरपालिका–१६ बयरडाँडा बस्ने २२ वर्षीय निसान्त चौधरी रहेका छन् ।

गुल्मीमा हावाहुरीबाट ३६ लाखको क्षति

सुत्केरीको हेलिकप्टबाट उद्धार

तीनकुने घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका आरोपीहरू

भारतीयलाई नागरिकता दिलाउने वडाअध्यक्षलाई पक्राउ नगर्दा स्थानीयले जलाए गृहमन्त्र…

तीनकुन घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका १८ जना

तीनकुने घट्ना प्रकरणः यी हुन ४१ जना पक्राउ परेकाहरू ( नाम सहित )

काठमाडौँका यी-यी ठाउँमा भए कर्फ्यूको आदेश

प्रतिक्रिया