कियराको हातमा अर्को फिल्म, रनवीरसँग बन्नेछ जोडी

मुम्बई : ‘कबीर सिंह’को सफलतासँगै कियरा आडवानीको व्यस्तता ह्वात्तै बढेको छ । दिनहुँ नयाँ नयाँ फिल्ममा अनुबन्ध भएको समाचार आइरहेका छन् । हाल वरुण धवनसँग ‘जुग जुग जियो’को सुटिङ गरिरहेकी कियरा रनवीर सिंहको मुख्य भूमिका रहने फिल्मका लागि पनि छनोटमा परेकी छिन् ।
दक्षिण भारतीय निर्देशन शंकरको निर्देशनमा बन्ने लागेको फिल्म ‘अन्नियन’को रिमेकमा शंकरले रनवीरको जोडीको रुपमा कियरालाई छानेका हुन् । सन् २००५ मा रिलिज भएको फिल्ममा विक्रमले मुख्य भूमिका निर्वाह गरेका थिए । थ्रीलर विधाको यो फिल्ममा विक्रमको जोडीको रुपमा साधाले अभिनय गरेकी थिइन् ।
तर, यो फिल्मको सुटिङ तत्कालै सुरु हुने अवस्था भने छैन । कियरा ‘भुलभुलैया २’को सुटिङ सकेपछि यो फिल्मका लागि उपलब्ध हुनेछिन् भने रनवीर यो बीचमा करण जौहरको निर्देशनमा बन्ने फिल्मको सुटिङ सकाउनेछन् । ‘अपरिचित’रुपमा हिन्दीमा डब भएको यो फिल्म युट्युब र टेलिभिजनमा खुबै रुचाइएको फिल्मभित्र पर्छ ।

सन्नी देओलको बोर्डरः २ को सकियो सुटिङ

‘सितारे जमीं पर’ले कमायो १५४ करोड, बन्यो १५० करोड कटाउने ६५ औं चलचित्र

‘जाने भए जाम माया’ युट्युबमा सर्वाधिक हेरिएको गीत

सट्टेबाजी एप्स प्रचारमा दक्षिण भारतका १९ चर्चित कलाकारको संलग्नता, गरियो मुद्दा…

भीएस बिच रनवे २०२५ : समुद्र किनारमा फेसन, सङ्गीत र आत्मविश्वासको रंगीन समागम

कमेडियन कपिल शर्माको क्याफेमा गोली प्रहार, आतंकवादी समुहको संलग्नता

महिला फुटबलका प्रशिक्षकमाथि गायिका झुमाले गरिन 'त्यस्तो नाथे खुइले बाँदर' अभ…

प्रतिक्रिया