सुरक्षाकर्मी अहिंस्रक बन्नुपर्छ : छेकम्पार र चुम्चेतबासी

काठमाडौँ : तिब्बतसँग सीमा जोडिएका उत्तरी गोरखाका स्थानीयले सुरक्षाकर्मीलाई अहिंसा क्षेत्रको नियम पालना गराउन सरकारको ध्यानाकर्षण गराएका छन् । तिब्बतको सीमा नजिकै चुमनुब्री गाउँपालिका ७ छेकम्पारमा सशस्त्र प्रहरीको बोर्डर आउटपोस्ट (बीओपी) स्थापना हुने भएसँगै स्थानीयले गृहमन्त्रीलाई ज्ञापन पत्र बुझाएर ध्यानाकर्षण गराएका हुन् ।
चुमनुब्री गाउँपालिका ६ चुम्चेत र वडा नम्बर ७ छेकम्पार अहिंसा क्षेत्र हो । त्यहाँका स्थानीयले यी क्षेत्रमा काटमार नगर्ने, डढेलो नलगाउने, मह नकाढ्ने, शिकार नखेल्ने, पशुवध गर्न नपाउने जस्ता काम नगर्ने प्रतिवद्धता गरेका छन् । त्यस क्षेत्रलाई तत्कालिन प्रधानमन्त्री डा.बाबुराम भट्टराईले २०६९ सालमा अहिंसा क्षेत्रको रुपमा मान्यता दिएका थिए ।
‘हामीले गृहमन्त्रीलाई ज्ञापन पत्र बुझाएर यहाँ आउने सुरक्षाकर्मीले पनि स्थानीय नियम मान्नैपर्ने विषयमा ध्यानाकर्षण गरायौँ,’ चुम श्याग्या (अहिंसा) संरक्षण समितिका संरक्षक निमा लामाले भने, ‘हाम्रो क्षेत्र त एक शताब्दी भन्दा धेरै पहिलेदेखि हिंसा नहुने क्षेत्र हो त्यसैले हामीले ज्ञापनपत्र बुझायौँ । सीमावर्ती क्षेत्रमा सीमा सुरक्षा चाहिन्छ नै । हामी त्यसको लागि सहयोग गर्न तयार छौँ । चुम उपत्यका अहिंसा क्षेत्र हो । चुमको यो संस्कारलाई संरक्षण र सम्वद्र्धन गर्न सरकारको प्रतिवद्धता छ भनेर भन्नु भएको छ ।’ लामाले गृहमन्त्री थापाले आफ्ना मातहतका सुरक्षा निकायलाई अहिंसा क्षेत्रको विषयमा जानकारी गराउने र त्यहाँको नीति नियमबारे जानकारीसहित निर्देशन दिने प्रतिवद्धता गरेको पनि बताए ।

जलवायु परिवर्तनसम्बन्धी अन्तर्क्रिया गुफाडाँडामा

झोलुङ्गे पुल निर्माण गरेपछि यात्राअवधि छोटियो

बाँझो जमिनमा तरकारी उत्पादन गर्दै धर्मराज

खडेरीले सुक्न थाल्यो बेतना सिमसार

चन्द्रागिरिका तीन वडा पहिरोको उच्च जोखिममा

जग्गा किर्तेमा संलग्न समाजवादीबाट निर्वाचित वडाध्यक्ष पक्राउ

पत्रकार महिलाहरूको अक्षयकोषमा ५१ लाख सङ्कलन

प्रतिक्रिया