बार्सिलोनाको रोमाञ्चक जित

काठमाडौँ- रोमाञ्चक खेलमा लेभान्तेलाई ३-२ अन्तरले पराजित गर्दै स्पेनिस ला लिगामा बार्सिलोना दोस्रो स्थानमा उक्लिएको छ ।
आइतबार राति भ्यालेन्सियामा भएको खेलमा क्याटलान क्लब बार्सिलोनाले १-० ले पछि परेको स्थितिमा खेल उल्टाउदै महत्त्वपूर्ण तीन अंक हासिल गरेको हो ।
बार्सिलोनाको जितमा पिएरे इमेरिक औबामेयाङ, पेड्री र लुक डि जङले एक एक गोल गरे । घरेलु टोली लेभान्तेकालागी जोसे लुइस मारालेस र गोन्जालो मेरेरोले एक एक गोल गरे ।
लेभान्तेले दुबै गोल पेनाल्टीमा गरेको थियो । रोजर मार्टीको अर्को एक पेनाल्टी भने बार्सिलोनाका गोलकिपर मार्क आन्द्रे टेर स्टेगेनले बचाउ गरेका थिए ।
जितसंगै बार्सिलोनाले ३० खेलबाट ६० अंक बनाउदै दोस्रो स्थानमा उक्लिएको छ । समान अंक भएपनी एक खेल बढी खेलेको सेभिया तेस्रो स्थानमा झर्यो ।
७२ अंकको रियम मड्रिड शीर्ष स्थानमा रहेको छ । पराजित लेभान्ते भने २२ अंक सहित रेलिगेशन क्षेत्रमा छ ।

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

म्यानचेस्टर युनाइटेड ३-० को जितमा

बेलायतमा अब महिला फुटबलमा ‘ट्रान्सजेन्डर वुमन’लाई खेल्न प्रतिबन्ध

प्रतिक्रिया