२९ हजार कम्पनीको दर्ता खारेज गर्ने कम्पनी रजिष्ट्रार कार्यालयको निर्णय विवादमा

काठमाडौँः कम्पनी रजिष्ट्रार कार्यालयलले कर विवरण नबुझाउने (नन फाइलर) २९ हजार कम्पनीको दर्ता खारेज गरेपछि यो विवादमा तानिएको छ । कर कार्यालयमा कम्पनीको दर्ता खारेजीका लागि सञ्चालक स्वयं उपस्थित कर बक्यौता फरफार गरी बन्द गर्न निवेदन दिनुपर्छ ।
‘व्यवसाय गर्न र कर विवरण बुझाउनका लागि कम्पनी रजिष्ट्रारको नवीकरण आवश्यक हुँदैन,’ आन्तरिक राजस्व विभागका महानिर्देशक झक्कप्रसाद आचार्यले भने, ‘कम्पनी रजिष्ट्रारले कम्पनीको दर्ता नै खारेजी गरेपनि आन्तरिक राजस्व विभागले कर असुलीका लागि फलोअप गर्नेछ ।’
कम्पनी रजिष्ट्रारले आन्तरिक राजस्व विभागसँग समन्वय बिना नै कम्पनीहरूको दर्ता खारेज गरेको उनले बताए । कर कार्यालयमा दायित्व फरफार गरेर व्यवसाय बन्द गरेका कम्पनीको हकमा मात्र कम्पनी रजिष्ट्रारले गरेको खारेजी मान्य हुने आचार्यले बताए ।
आन्तरिक राजस्व विभागले आर्थिक वर्ष २०७३–७४ देखि कर विवरण नबुझाउने कम्पनीहरूलाई कर सहुलियत दिएर कर बुझाउन फागुन मसान्तसम्मको समय दिएको थियो ।

एकवर्षको सफल परीक्षणपछि अब नेपालमा सार्वजनिक हुँदै TUNLAND G7

प्रतिकूल मौसमका कारण सगरमाथा आरोहण प्रभावित

निजी क्षेत्रमा कर्जा प्रवाह ७.१ प्रतिशतले बढ्यो

सुन चाँदी दुबैको घटयो मुल्य

शोधनान्तर स्थिति तीन खर्ब ४६ अर्ब २३ करोडले बचतमा

सगरमाथालाई नजिकैबाट नियाल्न गौरीटाप

हिमालबाट ७७ करोड रोयल्टी सङ्कलन

प्रतिक्रिया