फोहोर नउठ्दा दुर्गन्धित बन्यो काठमाडौँ उपत्यका
काठमाडाैँका प्रजिअ भन्छन् - आज रातिदेखि फोहोर उठ्छ

काठमाडौँ- स्थानीय निर्वाचनको सम्मुखमा काठमाडौँ महानगरको चोक-चोकमा एक सातादेखि फोहोर थुप्रिन थालेको छ । स्थानीयले फोहोरको थुप्रोमाथि फोहोर थुपार्ना थालेपछि केन्द्रीय राजधानी फोहोरको केन्द्र जस्तै बनेको छ ।
एक साता भयो फोहोर नउठेको । महानगरबाट मात्रै होइन अन्य स्थानीय तहबाट पनि एक सातादेखि उपत्यकाको फोहोर उठ्न सकेको छैन ।
सिसडोलबासीको अवरोधका कारण काठमाडौँ उपत्यकाबाट पुनः फोहोर उठ्न छोडेको छ । स्थनीयबासीको एक सातादेखिको अवरोधका कारण उपत्यकाबाट फोहोर उठ्न नसकेको हो ।
वञ्चरे डाँडा र सिसडोलसम्मको केही सडक खण्ड निर्माण नहुँदा स्थानीयले अवरोध गरेकाले एक सातादेखि फोहोर उठाउन नसकिएको काठमाडौँ महानगरपालिकाकका वातावरण व्यवस्था विभागका प्रमुख सरिता राईले बताइन् ।
मुख्य सडकसँग सडकमार्ग जोड्न माग गर्दै स्थानीयले अवरोध गरेको उनले बताइन् । तीन पिप्लेको केही भागसम्म सडक निर्माण गर्नुपर्ने भएकाले ठेकेदारले समयमा नबनाउँदा समस्या भएको उनको भनाइ छ ।
'ठेकेदारले समयमा सडक बनाउन नसक्दा महानगरको फोहोर उठ्न सकेको हो,' राई भन्छिन्,' सडक निर्माणका लागि सडक विभाग पनि जिम्मेवार हुनुपर्छ ।' वार्ताको प्रयास भइरहेको उनले जानकारी दिइन् ।
शनिबार पनि स्थानीयले महानगरपालिकाको फोहोरको सवारीसाधन तोडफोड गरिदिएको उनले बताइन् ।
उपत्यकाको विभिन्न चोक-चोकमा फोहोर थुप्रिएका छन् । दैनिक १० हजार टन बढी उठने फोहोर सडकमा थुप्रिएका छन् । जसले गर्दा सडकमा चल्ने सवारीसाधन र पैदलयात्रुलाई सास्ती हुन थालेको छ ।
संक्रामक रोग विशेषज्ञ डाक्टर जनक कोइराला फोहोरका कारण विभिन्न रोग लाग्न सक्ने बताउँछन् । झाडापखलालगायत अन्य रोगहरू लाग्न सक्ने उनको भनाइ छ ।
हैजा, टाइफाइडलगायतका संक्रमण रोग फैलन सक्ने बताए फोहोरमा देखिने झिंगाले खानामा बस्दा रोग सार्ने र ब्याक्टेरियाहरूको कारण गम्भीर रोगहरूसमेत फैलने उनले बताए ।
आज राति १२ बजेबाट फोहोर उठाउने तयारी भइरहेको काठमाडौँ जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले जानकारी दिए । सडक पिच नभएकाले स्थानीयले अवरोध गरेको उनले बताए ।
'बिहान ८ बजेसम्म एकतर्फी सडकबाट फोहोर उठाउने सहमति भएको छ,' रिजालले भने,' आज मात्र काठमाडौँ महानगरपालिका र प्रभावित क्षेत्रका स्थानीयबासीसँग छलफल गरेका छौ ।' केही दिनमा उपत्यकाको सबै फोहोर उठिसक्ने उनको भनाइ छ ।
आज साउन १ : कर्कट (साउने) सङ्क्रान्ति पर्व

आज यस्तो छ तपाईंको राशिफल

विश्व प्रेस काउन्सिलको उपाध्यक्षमा नेपालका किशोर श्रेष्ठ

कामपाको २५ अर्ब ७६ करोड ४३ लाख ४१ हजारको बजेट पारित

स्कुटरको ठक्करबाट वृद्धको मृत्यु

महानगर यातायातले सुरु गर्यो विद्युतीय बस सेवा

भरतपुर अस्पतालको सेफ्टी ट्यांकीमा खसेर पाँच बर्षीया बालिकाको मृत्यु

प्रतिक्रिया