ट्रम्पले आगामी अमेरिकी राष्ट्रपति चुनावमा उम्मेदवारी दिन सक्ने

एजेन्सी – पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूले फेरि राष्ट्रपतिको उम्मेदवारी दिनसक्ने बताएका छन् । यद्यपि यस सम्बन्धमा अहिलेसम्म कुनै आधिकारिक घोषणा भने भइसकेको छैन ।
“सत्य यो हो कि म दुई पटक राष्ट्रपतिको दौडमा भाग लिएँ, मैले दुई पटक जितें, मैले पहिलो पटक भन्दा दोस्रो पटक धेरै राम्रो गरें। र अब हामीले यो फेरि दौडमा भाग लिनुपर्ने हुन सक्छ। के यहाँ कोही छ जसले मलाई निर्वाचनमा भाग लिएको हेर्न चाहन्छ?“ सेल्मा, उत्तरी क्यारोलिनामा शनिबारको ¥यालीमा ट्रम्पले आफ्ना समर्थकहरूलाई प्रतिप्रश्न गरे ।
ट्रम्पले अमेरिकी राष्ट्रपति जो बाइडेनको प्रशासनलाई “एकपछि अर्को अपमानजनक आत्मसमर्पण“ गरेको आरोप लगाए। ट्रम्पले अमेरिकासँग सबैभन्दा बलियो आणविक क्षमता भएको पनि औंल्याए ।
मार्चको अन्त्यमा ट्रम्पले फक्स बिजनेशलाई भन्नुभएको थियो यदि उनी अहिले पनि राष्ट्रपति भइरहेको भए रुसलाई आणविक पनडुब्बीको धम्की दिनुहुने थियो। यस महिनाको शुरुमा द हिलले रिपोर्ट गरेको पोल डाटाले ट्रम्प सन् २०२४ को काल्पनिक राष्ट्रपति अभियान म्याचअपमा राष्ट्रपति बाइडेन र उपराष्ट्रपति कमला ह्यारिस दुवैभन्दा अगाडि भएको देखाएको थियो ।

फ्रान्समा सार्वजनिक स्थानमा धूम्रपान प्रतिबन्ध

पाकिस्तानको उत्तर वजिरिस्तानमा आत्मघाती आक्रमण, १६ जना सैनिकको मृत्यु
युक्रेनको ओडेसामा रूसी ड्रोन आक्रमण, दुई जनाको मृत्यु, १४ घाइते

पाकिस्तानको उत्तरपश्चिम क्षेत्रमा बाढीले बगाउँदा ६ जनाको मृत्यु, नौ जना बेपत्ता

द्वन्द्व बढेसँगै चरम गरिबी झन् गहिरिँदै : विश्व बैंक

इरान र रुसका रक्षामन्त्री चीनमा

लेबनानमा इजरायली हवाई आक्रमणबाट हिजबुल्लाहका दुई सदस्यको मृत्यु

प्रतिक्रिया