कोभिडविरुद्धको खोप ल्याउन निजी क्षेत्रले इच्छा देखाएनन्

काठमाडौं : कोभिड-१९ प्रतिरोधात्मक खोप ल्याउनका लागि निजी क्षेत्रलाई बाटो खोले पनि कुनै पनि आवेदन नपरेको औषधि व्यवस्था विभागले जानकारी दिएको छ । विभागले चैत २ मा सूचना जारी गर्दै कोभिडविरुद्धको खोप ल्याउन ईच्छुक निजी क्षेत्रसँग आवेदन मागेको थियो ।
निजी क्षेत्रकै पहलमा सरकारले खोप ल्याउन बाटो खोलेको थियो । तर, उनीहरूले आवेदन नदिएपछि विभागले आवेदनका लागि एक साता म्याद थपेको छ ।
सुरुवातमा २० प्रतिशत नागरिकलाई खोप उपलब्ध गराएपछि मात्रै आयात अनुमति दिने सरकारले निर्णय गरेको थियो । गत पुस २० मा बसेको मन्त्रिपरिषद्ले सर्वसाधारणलाई नि:शुल्क खोप दिने निर्णय गरेको थियो ।
भारतको सेरम इन्स्टिच्यूट अफ इन्डिया प्रालीबाट कोभिसिल्डका लागि ९३ करोड रुपैयाँ भुक्तानी दिइसकेको छ । यो खोप खरिदका लागि ८० प्रतिशत अग्रीम भुक्तानी हो । तर, सम्झौताअनुसार १० लाख डोज खोप तत्काल नआउने पत्र आएपछि सरकारले निजी क्षेत्रलाई खोप ल्याउन बाटो खोलेको थियो । सरकारले हालसम्म २३ लाख डोज खोप ल्याइसकेको छ । सुरुमा भारतले १० लाख डोज अनुदानमा उपलब्ध गराएको थियो ।
निजी क्षेत्रले कुनै ईच्छा नदेखाएपछि खोप आउने विषय अन्योलमा परेको छ । चीनबाट अनुदानमा खोप दिने प्रतिबद्धता आएपनि खोप ल्याउन ढिलाइ भइरहेको छ ।
हाल विश्वमा कोभिडविरुद्घ १५४ भन्दा बढी खोप प्रि–क्लिनिकल अर्थात् जनावर र प्रयोगशालासम्बन्धी प्रयोगको चरणमा छन् । यस्तै २० वटा खोप पहिलो चरणको ट्रायल (परीक्षण) अन्तर्गत स्वस्थ युवा व्यक्तिमा सुरक्षा परीक्षण भइरहेको छ । यसअन्तर्गत ७ वटा प्रोटिन आधारित, ८ वटा भाइरल भेक्टर, ४ वटा न्युक्लिक एसिड र एउटा भाइरस आधारित खोप छन् ।

गर्मीको सुपर फुड करेला, झुक्किएर पनि नखानुहोस् यी चीजसँग

सरकार र आन्दोलनरत आवासीय चिकित्सकबीच चार बुँदे सहमति

छुटेका बालबालिकालाई वैशाख ३१ गते खोप लगाइने

दार्चुलाको गोकुलेश्वर अस्पताल सञ्चानलमै कठिनाइ

अब स्वास्थ्य बीमा आफै बसेको ठाउँबाट पाइने

उपचारमा संलग्न चिकित्सकको पूर्ण विवरण खुलाउन स्वास्थ्य मन्त्रालयको निर्देशन

बीमाको 'फेक क्लेम' गर्ने अस्पतालको सम्बन्धन खारेज गर्नुपर्छ : मन्त्री पौडेल

प्रतिक्रिया