नेपाल व्यवस्थापन संघ अध्यक्षमा बैंकर पौडेल विजयी

काठमाडौं– नेपाल व्यवस्थापन संघ (म्यान) अध्यक्षमा बैंकर उपेन्द्रप्रसाद पौडैल विजयी भएका छन् । म्यानको नयाँ कार्यकालका लागि व्यक्तिगततर्फ सबैभन्दा धेरै ३ सय ६४ भोट ल्याएका छन् ।
शनिबार भएको निर्वाचनमा व्यक्तिगततर्फबाट कार्यसमिति सदस्यमा मुक्तिनाथ विकास बैंकका प्रमुख कार्यकारी अधिकृत (सिईओ) प्रद्युम्न पोखरेल, म्यानका सदस्य मोहन राज ओझा, राष्ट्रिय वाणिज्य बैंकका तत्कालीन सिइओ कृष्णप्रसाद शर्मा, नबिल बैंकका स्वतन्त्र सञ्चालक आशा राना अधिकारी, मनिष झा, अश्मी राना, इन्द्रकुमारी श्रेष्ठ, मिलन गुरुङ, हेमकुमारी अधिकारी र अनु जोशी श्रेष्ठ निर्वाचित भएका छन् ।
निर्वाचित १७ जनाले अब अध्यक्ष, प्रथम उपाध्यक्ष, द्वितीय उपाध्यक्ष, महासचिव र कोषाध्यक्षसहित पाँच जना छनोट गर्नेछन् । यदि सहमति भएन भने केही दिनपछि दोस्रो चरणको चुनाव हुने म्यानले जनाएको छ ।

क्लासिक टेकको डिलर पार्टनर बन्ने मौका, बिना लगानी फोनबाटै आम्दानी!

सुनको मूल्य घट्यो, कतिमा कारोबार हुँदैछ ?

सुनचाँदीमा लगाइएको विलासिता करको विरोधमा काठमाडौँमा प्रदर्शन (भिडियो)

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

सुशासन कायम गर्नसके राजस्व बढ्छ

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

साताको अन्तिम दिन नेप्से परिसूचक पाँच दशमलव ९९ अङ्कले घट्यो

प्रतिक्रिया