अन्नपूर्ण पदमार्गमा बाह्य पर्यटक बढेपछि व्यवसायी उत्साहित
मनाङ : पछिल्लो समय अन्नपूर्ण पदमार्गमा पदयात्रा गर्ने बाह्य पर्यटकको सङ्ख्या बढ्दै गएको छ । पर्यटककको सङ्ख्यामा वृद्धि भएपछि पर्यटन व्यवसायी उत्साहित भएका छन् ।
कोरोना भाइरस र बाढीपहिरोको वितण्डापछि अहिले लमजुङहुँदै पदयात्रा गर्ने बाह्य पर्यटकको सङ्ख्यामा वृद्धि भएको छ । दैनिक १५० भन्दा बढी पर्यटकले पदयात्रा गर्ने गरेका छन् ।
दुई वर्षसम्म कोरोनाका कारण थलिएको पर्यटन क्षेत्र विस्तारै तङ्ग्रिदै गएको छ । अन्नपूर्ण पदमार्गमा विशेष गरी इजरायल, जर्मनी, फ्रान्स, अष्ट्रेलिया, बेलायत, अमेरिकालगायत देशका पर्यटक बढीजसो आउने गरेका छन् ।
अन्नपूर्ण पदमार्गमा पछिल्लो समय आन्तरिक पर्यटकको आगमन पनि बढ्दै गएको अन्नपूर्ण संरक्षण क्षेत्र मनाङका प्रमुख लेखनाथ गौतमले बताए । “पदमार्गमा असोजदेखि चहलपहल बढेको छ”, उनले भने । मङ्सिर र पुसमा हिमपातका कारण सुस्ताएको भए पनि अहिले चहलपहल बढ्न थालेको छ । पदयात्राका लागि उपयुक्त याम सेप्टेम्बरदेखि नोभेम्बरसम्म र फेब्रुअरीदेखि अप्रिलसम्म हो । अन्नपूर्ण पदमार्ग विश्वका १० उत्कृष्ट गन्तव्यमध्ये एक मानिन्छ ।
बेँशीसहर खुदी, भुलभुले, ङादी, स्यागे, जगतहुँदै मनाङको बगरछाप, चामे हुँदै थोराङपास भएर मुक्तिनाथ, जोमसोम, बेनी, घोरेपानीबाट पोखरा पुगिन्छ । रासस

‘अन्तर्राष्ट्रिय पर्यटन सहकार्यको आधार हिमालयन ट्राभल मार्ट’

नेपालका पर्यटन पेशाकर्मीलाई चिनियाँ भाषा प्रशिक्षण सुरु

अन्नपूर्ण आधार शिविरलाई खेलकुदमार्फत प्रवर्द्धन गरिने

पर्यटक आकर्षणको केन्द्र बन्दै ‘ढोरपाटन जलजला’

‘हिमालयन ट्राभल मार्ट’को पाँचौँ संस्करण सुरू

निजी क्षेत्रसमेतको सहभागीतामा कर्णाली प्रदेशमा पर्यटन प्रवर्द्धन समिति गठन

पाँच महिनामा पाँच लाखभन्दा बढी विदेशी पर्यटक नेपाल आए,सबैभन्दा धेरै भारतीय

प्रतिक्रिया