समन्वय अभाव हुँदा अर्थतन्त्र थप जटिलता तर्फ जानेमा चिन्ता

काठमाडौं – आन्तरिक रुपमा लामो समयदेखि वित्तीय क्षेत्रमा रहेको तरलताको चरम अभाव देखिँदै छ । बढ्दो व्याजदर तथा जारी युक्रेन रुस द्धन्द्धका कारण अन्तराष्ट्रिय बजारमा भएको मुल्य वृद्धि भएको छ । यस्ता आन्तरिक एवं बाह्य परिस्थितिजन्य कारणहरूले गर्दा मुलुकको समग्र अर्थतन्त्रका सूचकहरु संकटको दिशामा उन्मुख भइरहेको उद्योग संगठन मोरङले जनाएको छ ।
यस्तो बेला सरकार, अर्थ मन्त्रालय एवं नेपाल राष्ट्र बैंक जस्ता नियमनकारी निकायहरुले नीजि क्षेत्र समेतलाई विश्वासमा लिई निकास दिनु पर्ने हो । तर मूख्य संस्थाहरु विच समन्वय अभाव हुँदा अर्थतन्त्र थप जटिलता तर्फ जाने हो की भन्नेमा उद्योग संगठनले चिन्ता व्यक्त गरेको छ । आज एक विज्ञप्ती जारी गर्दै संगठनले चिन्ता व्यक्त गरेको हो ।
तरलता व्यवस्थापन, वैदेशिक मुद्राको सञ्चिती तथा आयात निर्यात सहजीकरणका लागी नीतिगत निकाय र नियमनकारी निकाय विच प्रभावकारी समन्वय हुनु पर्ने संगठनले जनाएको छ । तर असमाञ्जस्य तथा अविश्वासको वातावरण श्रृजना हुनुलाई संगठनले दुःखद भनेको छ ।
अन्तराष्ट्रिय रुपमा नै अर्थतन्त्रको अवस्था राम्रो नभएको यस सङ्कटोन्मुख अवस्थामा नीतिगत तथा नियमनकारी निकाय बिच देखापरेको यस प्रकारको असमझदारीले अन्तराष्ट्रिय जगतमा नकारात्मक सन्देश जाने आशंका समेत गरेको छ । नेपालले गर्ने अन्तराष्ट्रिय व्यापारमा समेत असर पर्ने तर्फ बेलैमा सचेत भई उपयुक्त कदमहरू चाल्न संगठनले सरकारलाई आग्रह गरेको छ ।
बैंक तथा वित्तीय संस्थाहरुमा तरलताको चरम अभाव भई लगानीयोग्य रकमको अभाव भएको छ । बैंक ब्याज बृद्धि तथा वैदेशिक विनियम सञ्चितीको अभावमा कच्चा पदार्थ लगायतको आयात प्रभावित भई उत्पादनमूलक उद्योगका क्षेत्रमा कठिनाई उत्पन्न छ ।
यस्तो अवस्थामा सरकार तथा नियमनकारी निकाय थप गम्भीर भई एक आपसमा प्रभावकारी समन्वयका साथ यो संकटको यथाशक्य समाधान खोज्नका लागी संगठनले अपिल समेत गरेको छ । साथै, संकट उन्मुख अर्थतन्त्रलाई सहि ठाँउमा ल्याउन नीजि क्षेत्रका तर्फबाट गर्नु पर्ने सहयोगका लागी संगठन सदैव तत्पर रहेको प्रतिवद्ध रहेकोे जनाएको छ ।

क्लासिक टेकको डिलर पार्टनर बन्ने मौका, बिना लगानी फोनबाटै आम्दानी!

सुनको मूल्य घट्यो, कतिमा कारोबार हुँदैछ ?

सुनचाँदीमा लगाइएको विलासिता करको विरोधमा काठमाडौँमा प्रदर्शन (भिडियो)

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

सुशासन कायम गर्नसके राजस्व बढ्छ

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

साताको अन्तिम दिन नेप्से परिसूचक पाँच दशमलव ९९ अङ्कले घट्यो

प्रतिक्रिया