बुद्ध एयरको बोर्डिङ पासमा पोखराको अन्नपूर्ण केबलकार चढ्दा १२ प्रतिशत छुट

काठमाडौं – बुद्ध एयर र अन्नपूर्ण केबलकार बीच भएको सम्झौतामा बुद्ध एयरबाट पोखरा यात्रा गर्ने यात्रुहरुलाई प्रत्येक बोर्डिङ पासमा केबलकार आउजाउमा आकर्षक छुटको प्याकेज ल्याएको छ ।
बोर्डिङ पास जारी गरिएको ५ दिनभित्र अन्नपूर्ण केबलकारको प्रयोगमा मात्र यो सुविधा उपलब्ध छ ।
बुद्ध एयर काठमाडौंबाट दैनिक १० भन्दा बढी पोखराको उडान भर्दै आएको छ । त्यसैगरि धनगढी, नेपालगञ्ज, भैरहवा, भरतपुर, सिमरा, जनकपुरबाट पनि पोखराको सिधा उडान गर्दै आएको छ ।
नववर्ष २०७९ वैशाख २ गतेबाट भद्रपुरबाट पोखरा सिधा उडान गर्ने घोषणा पनि गरिसकेको छ । यी गन्तव्यहरुबाट पोखरा सिधा उडान भर्ने सबै यात्रुहरु यो योजनाबाट लाभान्वित हुनेछन् ।
बुद्ध एयरसँग ७२ सिटे एटीआर–७२ जहाज ११ वटा, ४२ सिटे एटीआर–४२ जहाज ३ वटा र दुईवटा बीचक्राफ्ट जहाजहरू रहेका छन् ।

क्लासिक टेकको डिलर पार्टनर बन्ने मौका, बिना लगानी फोनबाटै आम्दानी!

सुनको मूल्य घट्यो, कतिमा कारोबार हुँदैछ ?

सुनचाँदीमा लगाइएको विलासिता करको विरोधमा काठमाडौँमा प्रदर्शन (भिडियो)

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

सुशासन कायम गर्नसके राजस्व बढ्छ

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

साताको अन्तिम दिन नेप्से परिसूचक पाँच दशमलव ९९ अङ्कले घट्यो

प्रतिक्रिया