बिहीबार ०५ असार, २०८२
Thursday, June 19, 2025

काठमाण्डौ महानगरद्वारा मनोरञ्जन कर बुझाउन अनुरोध, कसले कति तिर्नुपर्छ ?

काठमाण्डौ । काठमाण्डौ महानगरपालिकाले मनोरञ्जन कर बुझाउन अनुरोध गरेको छ । 

महानगरले एक सूचना जारी आफ्नो क्षेत्रभित्र रहेका मनोरञ्जनसँग सम्बन्धित व्यापार–व्यवसायमा संलग्न व्यक्ति तथा संस्थालाई मनोरञ्जन कर बुझाउन सूचना जारी गरेको हो । 

काठमाण्डौ महानगरमा मनोरञ्जन करबापत चलचित्र घरमा चलचित्र प्रदर्शन गर्दा दर्शकबाट प्रति टिकट ५ प्रतिशत, क्यासिनोमा प्रवेश गर्ने ग्राहकबाट प्रतिव्यक्ति ५० रुपैयाँ, भिडियो घर, कन्सर्ट, दोहोरी साँझ डान्सबार तथा नाइट क्लब प्रवेश गर्ने ग्राहकबाट प्रतिव्यक्ति २० रुपैयाँ तोकेको छ ।

यस्तै सांस्कृतिक प्रदर्शन हल, थिएटर तथा नाटक घर, फनपार्क, वाटर गार्डेन, बाल उद्यान, फुटसल, जुम्बा, मसाज एवं स्पा, स्विमिङ पुल  र पार्क प्रवेश गर्दा एकमुष्ट प्रति टिकट ५ प्रतिशत तिर्नुपर्ने तोकिएको छ ।

बागमती प्रदेशको प्रदेश आर्थिक ऐन, २०७८ को अनुसूची–३ ले तोकेको दररेटमा आफ्नो व्यवसायसँग सम्बन्धित प्रमाणित कागजातहरूसहित राजस्व विभागमा मनोरञ्जन कर बुझाउन महानगरले आग्रह गरेको हो ।