अष्ट्रेलियाका प्रधानमन्त्रीद्वारा मे २१ मा संघीय निर्वाचन आह्वान

काठमाडौँ – अष्ट्रेलियामा मे २१ तारिखमा मा संघीय निर्वाचन हुने भएको छ । अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले मे २१ मा संघीय निर्वाचन गर्ने आह्वान गरेको बीबीसीले जनाएको छ ।
मोरिसनको सत्तारुढ गठबन्धनसँग प्रतिनिधि सभामा ७६ सिट छ, जुन उनलाई सत्तामा कायम राख्न आवश्यक न्यूनतम सिट हो । यस अघिको निर्वाचनमा मोरिसनले आवश्यक मत प्राप्त गर्न नसक्ने अनुमान गरिएपनि उनले आवश्यक मत पाएका थिए ।
लिवरल पार्टीका नेता मोरिसनले राजधानी क्यानबेरामा गभर्नर जेनेरलसँग वार्ता गरेपछि निर्वाचनको मिति घोषणा गरेका हुन् ।
सन् २००७ मा लेबर पार्टीका केभिन रुडस“ग पराजति हुनु अघि चारपटक निर्वाचन जित्ने जोन होवार्डपछि पुरा कार्यकाल सत्तामा टिक्ने मोरिसन पहिलो नेता हुन् ।

फ्रान्समा सार्वजनिक स्थानमा धूम्रपान प्रतिबन्ध

पाकिस्तानको उत्तर वजिरिस्तानमा आत्मघाती आक्रमण, १६ जना सैनिकको मृत्यु
युक्रेनको ओडेसामा रूसी ड्रोन आक्रमण, दुई जनाको मृत्यु, १४ घाइते

पाकिस्तानको उत्तरपश्चिम क्षेत्रमा बाढीले बगाउँदा ६ जनाको मृत्यु, नौ जना बेपत्ता

द्वन्द्व बढेसँगै चरम गरिबी झन् गहिरिँदै : विश्व बैंक

इरान र रुसका रक्षामन्त्री चीनमा

लेबनानमा इजरायली हवाई आक्रमणबाट हिजबुल्लाहका दुई सदस्यको मृत्यु

प्रतिक्रिया