स्लोभाकियाले पनि दियो युक्रेनलाई हतियार
ब्राटिस्लाभा - रुसले युक्रेनमा अतिक्रमण गरेको ६ साता बितेको छ । रुसी हमलाको प्रतिकार गर्न युक्रेनले छिमेकी देशहरूसँग हतियार सहयोग माग गर्दै आएको छ । युक्रेनी विदेशमन्त्री दिमित्रो कुलेबाले नेटोको मुख्यालयमा फेरि अर्को अनुरोध गरेका छन् । उनले विमानहरू, बख्तरबंद सवारी साधनहरू, वायु रक्षा प्रणाली र भूमिमा आधारित एन्टी–शिप मिसाइलहरू माग गर्दै आएका छन् ।
उनको मागपछि नेटोको सदस्य स्लोभाकियाले एस–३०० वायु रक्षा प्रणाली युक्रेनलाई सहयोग गर्ने प्रधानमन्त्री इडुवार्ड हेगरले बताएका छन् ।
किभलाई ३० देशहरूले सैन्य सहयोग गर्ने अमेरिकाले बताइरहेको भोलिपल्ट स्लोभाकियाले हतियार प्रदान गर्ने घोषणा गरेको हो । यसअघि अस्ट्रेलियाले पनि युक्रेनलाई हतियार उपलब्ध गराउने घोषणा गरेको थियो ।
‘म यो पुष्टि गर्न चाहन्छु कि स्लोभाकियाले युक्रेनलाई हवाई रक्षा प्रणाली एस–३०० उपलब्ध गराएको छ । युक्रेनले बहादुरीका साथ आफ्नो सार्वभौम देशको रक्षा गर्दैछ । सहयोग गर्नु हाम्रो कर्तव्य हो’, प्रधानमन्त्रीले ट्विट गरेका छन् ।

फ्रान्समा सार्वजनिक स्थानमा धूम्रपान प्रतिबन्ध

पाकिस्तानको उत्तर वजिरिस्तानमा आत्मघाती आक्रमण, १६ जना सैनिकको मृत्यु
युक्रेनको ओडेसामा रूसी ड्रोन आक्रमण, दुई जनाको मृत्यु, १४ घाइते

पाकिस्तानको उत्तरपश्चिम क्षेत्रमा बाढीले बगाउँदा ६ जनाको मृत्यु, नौ जना बेपत्ता

द्वन्द्व बढेसँगै चरम गरिबी झन् गहिरिँदै : विश्व बैंक

इरान र रुसका रक्षामन्त्री चीनमा

लेबनानमा इजरायली हवाई आक्रमणबाट हिजबुल्लाहका दुई सदस्यको मृत्यु

प्रतिक्रिया