ब्राजिलमा कोभिडबाट एकै दिन १ हजार २०० भन्दा बढीको मृत्यु

साओ पाओलो : ब्राजिलमा कोभिड-१९ को संक्रमणबाट एकै दिनमा एक हजार २९० जनाको ज्यान गएको बताइएको छ । आइतबार यहाँका स्वास्थ्य अधिकारीहरूले दिएको जानकारीअनुसार यहाँ एकै दिनमा १ हजार २९० जनाको यस संक्रमणबाट निधन भएको हो । योसँगै ब्राजिलमा अहिलेसम्ममा ज्यान जाने व्यक्तिको संख्या २ लाख ९४ हजार भन्दा बढी पुगेको बताइएको छ । ब्राजिलका स्वास्थ्य अधिकारीहरूले आइतबार सो कुरा बताएका छन् ।
यसैगरी आइतबार सम्ममा यहाँका १ करोड १९ लाख ९८ हजार भन्दा बढी व्यक्ति संक्रमित हुन पुगेको पनि स्वास्थ्य क्षेत्रका अधिकारीहरूले जानकारी दिएका छन् । ब्राजिलको स्वास्थ्य मन्त्रालयले आइतबार दिएको जानकारीमा पछिल्लो समयमा मृत्यु हुने प्रतिशत पनि दिन प्रतिदिन बढ्दै गएको छ । कोरोनाको नयाँ प्रजातिको भाइरसको पनि प्रकोप देखिएको ती अधिकारीले जनाएका छन् ।
ब्राजिलका स्वास्थ्य अधिकारीहरूले दिएको जानकारीअनुसार यहाँका प्रति एक लाख जनामा ५ हजार ४८२ जनामा यो संक्रमण हुने गरेको छ । त्यस्तै यहाँका प्रति एक लाख जनसंख्या संक्रमणमा कम्तीमा पनि १३३ जनाको ज्यान जाने गरेको पनि बताइएको छ ।
ब्राजिलको साओ पाओलो शहर सुरुदेखि नै यो संक्रमणको एक किसीमले केन्द्रबिन्दुको रूपमा रहेको पनि पाइएको छ । यस शहरका स्वास्थ्य संस्थाहरू भरिएका छन् भने ती संस्थाका करिब ९१ प्रतिशत जति आकस्मिक कक्षहरू पनि भरिएका पाइएको छ ।
त्यसैगरी यसअघि यहाँको मृत्यु दर पनि पहिले ६० वर्षभन्दा माथिका नागरिकको बढी रहेकोमा पछिल्लो समयमा भने यहाँ कोरोना संक्रमणबाट ६० वर्षभन्दा कम उमेरका नागरिकको मृत्युको दर बढेको पाइएको पनि बताइएको छ । रासस

पाकिस्तानी प्रधानमन्त्रीको नीजि जीवनः चार पत्नीमा लेखिकादेखि मोडेलसम्म
किभमा रुसी हमलामा १४ जनाको मृत्यु, दर्जनौँ घाइते
फ्रान्सका पूर्वप्रधानमन्त्री फिलनलाई पत्नीको नक्कली जागिर प्रकरणमा जेल सजाय
भारतद्वारा आफ्ना नागरिकहरूलाई तेहरान छोड्न चेतावनी जारी

अस्ताना सम्मेलन मध्य एसियाको ’शाश्वत’ सम्बन्ध मजबुत बनाउने दिशामा कोशेढुङ्गा : …
तेहरानमा इन्टरनेट सेवा अवरुद्ध

'ट्रम्पले इरानविरुद्ध थप कदम चाल्न सक्छन्'

प्रतिक्रिया