गुर्भाकोटका छोरीबुहारी : जसलाई जागिर नखाएकोमा पछुतो छैन

सुर्खेत– दुई वर्षअघिसम्म्म गुर्भाकोट–५ कि १९ वर्षीया गौमाया खत्रीलाई पढाईलेखाई होस् या अन्य काममा खर्च चाहियो भने बुवाआमासँग माग्नुपर्ने बाध्यता थियो । बुवाआमा वा नातेदारले अड्कल गरेर दिएको पैसाले खर्चको जोहो गर्न बाध्य थिइन् । तर अहिले उनी आफ्नो पढाई खर्च आफै जुटाउन सक्ने भएकी छन् । दुई वर्षयता ढाका बुनाईबाटै आयआर्जन गरेर उदाहरणीय भएकी छन् । अहिले १२ कक्षाको जाँच दिएर बसेको गौमायाले बताइन् ।
ढाका बुनाई तालिम सिकेपछि ढाकाका कपडा बुनेर गाउँमै बिक्री गर्छिन् । उनले ढाकाका टोपी, कुर्ति, साडी र पछ्यौरीलगायतका सामानहरु बुन्ने गर्छिन् । ‘अब नयाँ वर्ष आउँदैछ यस समयमा त कडा पु¥याउनै सकिरहेको छैन’ उनी भन्छिन्, ‘अहिले कुर्तिको माग धेरै छ ।’
आफैले कमाउन थालेपछि यही पेशामै रमाउन थालेकी छन् उनी । भन्छिन् ‘पढेर जागिर नै खानुपर्छ भन्ने छैन । सीप सिकेर ठूलो उद्योग चलाएपनि हुन्छ ।’
‘लेवल वान् र लेवल टु को तालिम लिइसकेको छु तालिमपछि ढाकाका कपडा बुनेर बेच्ने गरेकी छु’ गौमायाले भनिन्, ‘हामीले बुनेको कपडाको गाउँमा धेरै माग भएको छ, पुर्याउनै सकिएको छैन ।’
राम्रोसँग पढेर जागिर खान नसकेकोमा सोही गाउँकी २२ वर्षीय सितला थापालाई पछुतो लागेको थियो । कलिलै उमेरमा साथीहरुको लहलहैमा लागेर विवाह बन्धनमा बाधिएकी सितला विवाहपछि पढाईलाई निरन्तरता दिन सकिनन् । ‘१० कक्षा पढ्दापढ्दै विवाह गरे विवाह गरिसकेपछि पढ्न पनि समस्या भयो’ उनी भन्छिन्, ‘साथीहरुको लहलहैमा लागेर विवाह गरियो न पढाई न जागिर कसरी घरबार गर्ने चिन्ता लाग्यो ।’ तर, दुई वर्षयता उनी जागिर खान नसकेकोमा कुनै पछुतो छैन । यही पेशालाई नै राम्रोसँग अगाडि बढाउने सोच छ उनको । ‘जागिर नभएपनि कुनै पछुतो छैन । जागिरभन्दा पनि यसैबाट राम्रो आम्दानी गर्न सकिने रहेछ’ उनी भन्छिन्, ‘मेहनत गरेमा असम्भव केही रहेनछ ।’
गुर्भाकोट वडा नम्बर–५ पाखरीपाटाकी २० वर्षीया रेजिना राना पनि ढाका बुनाईबाट मासिक १० देखि १५ हजारसम्म आम्दानी गर्दै आएकी छन् । उनी आफु आत्मनिर्भर मात्र होइन भाईबहिनीका लागि पढाई खर्चमा समेत सहयोग गर्दै आएकी छन् । उनी पनि ढाका बुनाईको तालिम लिएपछि व्यवसाय सुरु गरेकी छन् । ‘कमाउन जागिर नै खानुपर्छ भन्ने पनि रहेनछ’ उनी भन्छिन्, ‘यही सीप सिकेर पनि राम्रो आम्दानी हुँदो रहेछ ।’
गौमाया, सितला र रेजिना मात्र होइन पोखरीपाटा गाउँका ११ जना महिलाहरु गुर्भाकोट नगरपालिकाले तालिम मदिएपछि आत्मनिर्भर भएका छन् । उनीहरु ढाकाका विभिन्न सामाग्रीहरु तयार गर्छन । आफूले तयार गरेका सामानहरु गाउँमै बिक्री हुनेभएपछि उनीहरु खुसी छन् ।
तालिममा पढ्दै गरेका किशोरीदेखि हिंसापीडित महिलालाई सहभागिता गराइएको रेजिनाले बताइन् । ‘हिंसापीडित महिलाहरु आफै आम्दानी गर्न थालेपछि उहाँहरुलाई हिंसा भएको छैन’ रेजिना भन्छिन्, ‘महिला आफै आत्मनिर्भर भयो भने हिंसा सहन पर्ने रहेनछ । ’
गुर्भाकोट नगरपालिकाका नगर प्रमुख हस्त पुनले नगरपालिकाले तालिम दिएपछि महिलाहरु आत्मनिर्भर भएको बताए । ‘तालिममा निम्न वर्ग तथा हिंसापीडित महिलाहरुलाई सहभागि गराएका छौ’ उनी भन्छिन्, ‘सीप सिकेपछि उनीहरुमा परिवर्तन आएको छ । ’
नगरपालिकाका उद्योग शाखाका आइती चौधरीले गुर्भाकोटका महिलाको आर्थिक सशक्तिकरणका लागि विभिन्न तालिमहरु प्रदान गरिएको जानकारी दिइन् । उनले यस्ता खालका तालिम सिकेपछि महिलाहरु आत्मनिर्भर भएको बताइन् ।

गाउँपालिकाको एम्बुलेन्स दुर्घटना, चालक घाइते

ढुङ्गा लागेर टहरामा सुतेका दिदी बहिनीको मृत्यु
मुद्दा मिलाइदिन्छु भन्दै रकम असुली गरेको कसुरमा दुई पक्राउ

जुम्लाको राक्से पाटनमा १३ भेडा पुरिए

माटोको ढिस्को खस्दा एकको मृत्यु, पाँच घाइते

जुम्लामा ट्रयाक्टर दुर्घटना : एक जनाको मृत्यु, चार घाइते

हुम्लाको उनापानीमा आगलागीबाट आठ घर नष्ट

प्रतिक्रिया