महिना दिन नपुग्दै साउदीबाट रित्तो हात फर्काइए चार कामदार

खोटाङ - रोजगारीका सिलसिलामा साउदी अरब पुगेको महिना दिन नपुग्दै चार जना कामदार स्वदेश फर्काइएका छन् ।
ओमेगा मेनपावर कम्पनी, बसुन्धारा, काठमाडौंबाट बेकरी हेल्परका रुपमा साउदी अरबको इमाद बेकरी उद्योगमा पुगेका खोटाङ जन्तेढुंगा गाउँपालिका–६ दिप्लुङका चिरञ्जिवी राईसहित चार युवा महिना दिन नपुग्दै फर्काइएका हुन् ।
महिना दिन नपुग्दै घर फर्काइएकामा एक जना उदपयुरका, एक जना, सिन्धुली, एक जना धरान र एक जना पश्चिमका युवा छन् । पैसा कमाउने सपना बोकेर ऋण काढेर साउदीअरब पुगे लगत्तै रित्तो हात फर्कनुपर्दा युवा निराश बनेका छन् ।
ती युवाहरुले मेनपावरलाई जनही एक लाख २० हजारदेखि एक लाख ७० हजारसम्म बुझाएर साउदी अरब पुगेका थिए । राईले एक लाख ५० हजार बुझाएको बताएका छन् । सुरुमा बेकरी उद्योगभित्र हेल्परको काम लगाइएका कामदारलाई क्रमशः आउटडोर काममा लगाएर कामबाट निकालेको हो । कम्पनीले बिनाकारण टिकट काटेर घर फर्काएको राईले बताए । ‘बेकरी हेल्परका रुपमा गएका थियौं ।
'त्यसपछि ढोका पुछ्ने, त्यसपछि शौचालय सफा गर्ने काममा लगाए । एक दिन रुम जा भन्यो,’ राईले भने, ‘भोलिपल्ट काममा जाँदा टिकट थमाएर घर जा भन्यो । के कारणले हामीलाई घर फर्कायो भन्ने थाहै भएन ।’
मेनपावरसँग कुरा राख्दा रित्तो हात फर्काइएका युवालाई टिकट, श्रम गरेको र भिसाको पैसा कटाएर ९० हजार फिर्ता दिने वा फ्रिमा मलेसिया पठाउने भनेर फकाइरहेको बताइएको छ । रोजगारीका सिलसिलामा उनीहरु ११ फागुनमा साउदी अरब पुगेका थिए ।

टिकटकले किशोर-किशोरीहरूको सुरक्षाका लागि नेपालमा सुरु गर्यो ‘फ्यामिली पेयर…

लन्डनको थेम्स नदीमा भेटिएको शव नेपाली विद्यार्थीकै भएको पुष्टि

राहदानी नवीकरण सेवा शिविरमा आठ सय बढी लाभान्वित

नेपाली जनसम्पर्क समिति नर्वेको पाँचौं अधिवेशन सम्पन्न, पारस मणि मिश्र अध्यक्षमा …
एनआरएनए एकता महाधिवेशन वैशाख २० गतेदेखि

सोनिया र राहुल गान्धी विरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा दर्ता

पोर्चुगलका नेवार समुदायले बिस्का जात्रा मनाउँदै

प्रतिक्रिया