मञ्जुश्रीको ‘एक्लै एक्लै’ सार्वजनिक

काठमाडौं– मञ्जुश्री थापाद्वारा लिखित अंग्रजी उपन्यास ‘अल अफ अस इन आवर लाइभ्स’ को नेपाली अनुवाद ‘एक्लै एक्लै’ सार्वजनिक भएको छ । उपन्यासलाई लेखक उज्ज्वल प्रसाईले अनुवाद गरेका हुन् ।
शुक्रबार ललितपुरको झम्सिखेलमा आयोजित एक कार्यक्रमा पुस्तक सार्वजनिक भएको हो । कार्यक्रममा अनुवादक प्रसाईले अनुवादका क्रममा भोगेका अप्ठ्यारा र रमाइला अनुभव सुनाएका थिए ।
लेखक थापाले अनुदित कृति अनुवादककै भएको बताएकी थिइन् । ‘अनुवादको कुनै पनि सन्दर्भमा मेरो कुनै ‘रिजर्भेसन’ छैन,’ उनले भनिन्, ‘लेखक जत्तिकै अनुदित कृतिको हकदार अनुवादक पनि हो ।’‘एक्लै एक्लै’ साङ्ग्रिला बुक्सले प्रकाशन गरेको हो । नेपालीमा अनुवाद गरिएको यो लेखक थापाका पहिलो उपन्यास हो । पुस्तकको मूल्य ५९५ रुपैयाँ राखिएको छ ।
पूर्वसचिव पाण्डेको ‘सम्झनाका फूलहरू’ बजारमा

‘नीलो प्रेम’ लिएर आए पुरुषोत्तम

तिमी यसरी आयौ

कवि तथा गजलकार सुदिम्नको ‘साहित्य शैली’ कविता तथा गजलसङ्ग्रह सार्वजनिक

लीलबहादुर क्षेत्री : नेपाली साहित्यका उज्ज्वल नक्षत्र

साहित्यकार लीलबहादुर क्षेत्रीको निधन

यस वर्षको रुद्रराज साहित्य पुरस्कार गार्गी शर्मालाई

प्रतिक्रिया