चहललाई १५ तल्लामाथि झुन्ड्याउनेलाई कारबाही गर्नुपर्छ : शास्त्री

काठमाडौँ – पूर्व भारतीय क्रिकेटर तथा प्रशिक्षक रवि शास्त्रीले स्पीनर युजवेन्द्र चहलमाथि भएको घटनाका दोषीलाई क्रिकेटबाट आजीवन प्रतिबन्ध लगाउनुपर्ने धारणा राखेका छन् ।
सन् २०१३ को इन्डियन प्रिमियर लिग (आईपीएल) का क्रममा आफूलाई होटलको १५ तल्लाको बाल्कोनीबाट झुन्ड्याइएको चहलले खुलासा गरेपछि शास्त्रीले यस्ता घटनाका दोषीलाई आजीवन प्रतिबन्ध लगाउनुपर्ने बताए । उनले अहिलेको समयमा यस्ता घटना भए आजीवन प्रतिवन्ध लगाउनुका साथै तत्काल सुधार केन्द्रमा पठाइनुपर्ने उल्लेख गरे ।
राजस्थान रोयल्सका बलर चहलले मदिराले मात्तिएका एक क्रिकेट खेलाडीले आफूलाई १५ तल्लामाथिबाट झुन्ड्याएको खुलासा गरेका हुन् । त्यतिबेला चहल मुम्बई इन्डियन्समा आवद्ध रहेका थिए ।
चहलको खुलासापछि उनका सामर्थकहरुले दोषीमाथि कडा कारवाही हुनुपर्ने माग गरेका छन् । चहलले अन्य मानिसहरु आएर आफूलाई बचाएको समेत बताएका थिए ।

हेटौँडामा पहिलो पटक इ–स्पोटर्स अन्तर्गत फ्रि फायर प्रतियोगिता

जुडो टोली बङ्गलादेश प्रस्थान

टि ट्वान्टी ग्लोबल छनोट पार गर्ने हामीसँग क्षमता छ : प्रशिक्षक कटुवाल

आईपीएल २०२५ : पावर प्लेमा सबैभन्दा बढी छक्का हान्ने यी हुन पाँच क्रिकेटर

प्रधानमन्त्री कप भलिबल बिहीबारदेखि

‘हिमालयन चितुवा’ लाई ‘के वन क्रस १७५’को उपाधि
नेपाल बंगलादेशसँग पराजित, सेमि फाइनलबाट बाहिरियाे

प्रतिक्रिया