युक्रेनले आफ्ना नागरिकलाई भन्यो-तत्काल लुहान्स्क खाली गर्नू

एजेन्सी - रुसी सेनाले पूर्वी युक्रेनमा गोलाबारी तीव्र पारेसँगै युक्रेन सरकारले सर्वसाधारणलाई लुहान्स्कबाट सुरक्षित क्षेत्रमा जान अनुरोध गरेको छ ।
सो क्षेत्रमा ठूलो संख्यामा रुसी फौज परिचालन भएका छन् । सो क्षेत्रका सहर र गाउँमा अझै ३० प्रतिशत वासिन्दा रहेको रायटर्स समाचार संस्थाले जनाएको छ ।
रुसले पूर्वीयुक्रेनको दोनबासमा आफ्नो हमला तीव्र पारेको विवरण सार्वजनिक भइरहेका बेला सरकारले त्यहाँ खाली गर्न सर्वसाधारणलाई अनुरोध गरेको हो ।
यसैबीच, रुसले युक्रेनमा आफ्नो सैन्य नेतृत्वलाई पुनर्गठन गरेको छ । जनरल अलेक्जेन्डर दिभोरनिकोभलाई सम्पूर्ण जिम्मेवारी दिइएको छ ।
जनरल अलेक्जेन्डरमा सिरियामा भएका रुसी कारबाहीमा राम्रो अनुभव भएको पश्चिमा अधिकारीहरुले बताएका छन् ।

फ्रान्समा सार्वजनिक स्थानमा धूम्रपान प्रतिबन्ध

पाकिस्तानको उत्तर वजिरिस्तानमा आत्मघाती आक्रमण, १६ जना सैनिकको मृत्यु
युक्रेनको ओडेसामा रूसी ड्रोन आक्रमण, दुई जनाको मृत्यु, १४ घाइते

पाकिस्तानको उत्तरपश्चिम क्षेत्रमा बाढीले बगाउँदा ६ जनाको मृत्यु, नौ जना बेपत्ता

द्वन्द्व बढेसँगै चरम गरिबी झन् गहिरिँदै : विश्व बैंक

इरान र रुसका रक्षामन्त्री चीनमा

लेबनानमा इजरायली हवाई आक्रमणबाट हिजबुल्लाहका दुई सदस्यको मृत्यु

प्रतिक्रिया