सोमबार २६ जेठ, २०८२
Monday, June 09, 2025

अब उपत्यकाभर यात्रुले सवारी चढ्नेवित्तिकै २० रुपैयाँ तिर्नुपर्ने

फाइल तस्‍बिर

काठमाडौँ - बागमती प्रदेशले सार्वजनिक यातायातको भाडा बढाएको छ । बागमती प्रदेश सरकारले आगामी वैशाख १ देखि लागू हुनेगरी सार्वजनिक सवारीको भाडा बढाएको हो।

काठमाडौं उपत्यकामा पाँच किलोमिटरसम्मको दूरीका लागि २ रुपैयाँ बढेको छ भने २० किलोमिटरभन्दा धेरैका लागि ३ रुपैयाँ बढेको छ।

नयाँ भाडाअनुसार पाँच किलोमिटरमा २० रुपैयाँ हुनेछ भने २० किलोमिटरभन्दा धेरैको दूरीमा ३८ रुपैयाँ भाडा पुगेको छ। अब उपत्यकाभर यात्रुले सवारी चढ्नेवित्तिकै २० रुपैयाँ तिर्नुपर्ने छ।