सिभिल बैंकको सातै प्रदेशमा वित्तीय साक्षरता कार्यक्रम

काठमाडौं : सिभिल बैंकले “ग्लोबल मनी विक”को उपलक्ष्यमा विविध वित्तिय साक्षरता कार्यक्रमहरुको आयोजना गर्ने भएको छ । बैंकले “ग्लोबल मनी विक”को सात दिनमा प्रदेशको रोल क्रमका अनुसारले विभिन्न जनचेतना मुलक विविध वित्तिय साक्षरता कार्यक्रमहरुको आयोजना निम्नानुसार हुने कुरा बैंकले जनाएको छ ।
चैत ९ गते प्रदेश नं १मा अर्किड कलेज, बिराटनगरमा वित्तिय साक्षरता कार्यक्रम तथा बिर्तामोडका टेम्पुहरुमा क्यू आर कोडमार्फत भाडा भुक्तानीको थालनी गर्नेछ । चैत १० गते ः प्रदेश नं २मा जनकपुरमा वित्तिय साक्षरता कार्यक्रम तथा खुद्रा ब्यापारीहरुमा क्यू आर कोड मार्फत भुक्तानीको थालनी गर्ने कार्यक्रम रहेको बैंकले जानकारी दिएको छ ।
चैत ११ गते बाग्मती प्रदेशको धुलिखेल तथा बनेपामा वित्तिय साक्षरता कार्यक्रम तथा हेटौंडाका टेम्पुहरुमा क्यू आर कोडमार्फत भाडा भुक्तानीको थालनी हुने कार्यक्रम तालिकामा उल्लेख छ । चैत १२ गते ः गण्डकी प्रदेशको बेगनास ताल डुंगा ब्यबसायी संघमा वित्तीय साक्षरता कार्यक्रम गर्नेछ ।
१३ गते लुम्बिनी प्रदेशको बुटवल, मणिग्राम, तुलसीपुरमा वित्तीय साक्षरता कार्यक्रम छ । १४ गते कर्णाली प्रदेशको बिरेन्द्रनगर सुर्खेतमा वित्तीय साक्षरता कार्यक्रम र १५ गते सुदूर पश्चिम प्रदेशको धनगढी, जानकी, आदर्श, बन्निगढ, लम्किचुहा र भजनीमा वित्तिय साक्षरता कार्यक्रम गर्ने उल्लेख छ ।

दराज नेपालद्वारा नयाँ अप्सन ‘च्वाइस’ सार्वजनिक गर्ने तयारी
_m5brk45wDd_tfrh4cuznqd3gnmwqer0yqykljytpc6p0rlom79zez0u1lljarfiuust7veg_mve9Uo7ePh_clejgu2ljmi9gfl6gglknlysru1ckt6infkrijrgegazzdakru00r5yhe3zd.jpeg)
एनसेल एप प्रयोग गरी रिचार्ज गर्दा ग्राहकलाई बोनस डेटा

सिटिजन लाइफ इन्स्योरेन्सद्वारा वादी सरोकार मञ्च नेपाललाई खाद्यान्न सामग्री सहयोग

दराजद्वारा फ्युचर लिडर्स प्रोग्राम २०२५ को आवेदन खुल्ला, दक्षिण एशियाका उत्कृष्ट …
पठाओ एपमा थपियो रेन्टल सेवाः कार, एसयूभी, माइक्रो र मिनीबसदेखि ठूला बससम्म …

नयाँ वर्षमा पठाओको ‘पार्सल डेलिभरी महोत्सव’

एनसेल एनएसएलः ललितपुर सिटी एफसीको ‘पावर्ड बाई’ पार्टनरमा एनसेल

प्रतिक्रिया