प्रदेश-१ मा थपिए ३१५ जना कोभिड संक्रमित

बिराटनगर : प्रदेश-१ मा शुक्रबार ३१५ जना कोरोना संक्रमित थपिएका छन् । सामाजिक विकास मन्त्रालयका अनुसार मोरङमा १२३, सुनसरीमा ८९, झापामा ७६, तेह्रथुममा ६, इलाम, धनकुटा र भोजपुरमा ३–३, उदयपुरमा २, ताप्लेजुङ, ओखलढुङ्गा र संखुवासभामा १–१ र प्रदेश १ बाहिरका ७ जना रहेको मन्त्रालयले जनाएको हो ।
प्रदेश १ मा आज ३५० जना डिस्चार्ज भएका छन् । होमआइसोलेसनबाट ३४३, विराट मेडिकल कलेजबाट ३, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट २, न्युरो अस्पताल र जिल्ला अस्पताल धनकुटाबाट १–१ जना डिस्चार्ज भएका हुन् । हालसम्म डिस्चार्ज हुनेको संख्या १३ हजार ४६ पुगेको छ ।
प्रदेश १ मा आज १ हजार १९७ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये १३८ महिला र १७७ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । हालसम्म १ लाख ६७ हजार ३ सयको पीसीआर परीक्षण गरीएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रदेशमा लगानी सम्मेलन : एक खर्ब ५२ अर्बको सम्झौता

बुबाआमा टुङ्गो नभएका इन्द्रबहादुरलाई ३६ वर्षमा नागरिकता

कटारी जीप दुर्घटना : एक जनाको मृत्यु, पाँच घाइते

सगरमाथा पदयात्रामा अमेरिकी पर्यटक सम्पर्कविहीन

खुम्बु क्षेत्रमा भारी हिमपात
मौरी पालेर वार्षिक ८ लाख बढी आम्दानी

मकालुमा चट्याङ लागेर १७ वटा भैँसी मरे

प्रतिक्रिया