टाइफाइडविरुद्धको खोप सुरक्षित छ, ढुक्क भएर बालबालिकालाई लगाउनुहोला : मन्त्री खतिवडा

हेटौंडा- स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाल टाइफाइडविरुद्धको राष्ट्रिय खोप अभियान तोकिएकै समयमा सम्पन्न गर्न निर्देशन दिएका छन् ।
मनहरी गाउँपालिका-५ मा रहेको भोजसिद्ध माविमा शुक्रबार आयोजित कार्यक्रममा खोप अभियान उद्घाटन गर्दै मन्त्री खतिवडाले टाइफाइडविरुद्धको खोप अभियानले धेरै नेपालीलाई राहत मिल्नेब बताए ।
टाइफाइडविरुद्धको खोप पूर्ण रुपमा सुरक्षित र राम्रो भएको बताउँदै मन्त्री खतिवडाले ढुक्क भएर आफ्ना बालबालिकालाई सहभागी गराउन र प्रभावकारी ढंगले सञ्चालन गर्न अनुरोध गरेका छन् । यो खोप अभियान देशैभर १८ वैशाखसम्म सञ्चालन हुनेछ ।
देशभर १५ महिनादेखि १५ वर्षसम्मका करिब ७५ लाख बालबालिकालाई खोप प्रदान गरिने उनले बताए । देशैभर करिब ५० हजार बढी खोप केन्द्र, आवश्यक खोप, दक्ष जनशक्ति र स्वयम्सेवकको व्यवस्थापन गरिएको उनले जानकारी दिए । यस खोप अभियानमा मकवानपुरका १ लाख ९ हजार बालबालिकालाई खोप लगाउने लक्ष्य लिइएको छ ।

सेफ्टीट्याङ्कीमा खसेर बालिकाको मृत्यु

बाँदरले दुःख दिएपछि बेसार खेतीतिर किसान

पशुमा पनि बाँझोपनको समस्या बढ्यो
भक्तपुर पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

प्रदेश सरकारद्वारा विद्यालयलाई बस प्रदान

मल्लकालीन बस्तीका स्ववासीलाई सयौँ वर्षपछि लालपुर्जा वितरण

भक्तपुर–नगरकोट सडकखण्डको १५ किलोमिटर सडक कालोपत्र अन्तिम चरणमा

प्रतिक्रिया