सोमबार २६ जेठ, २०८२
Monday, June 09, 2025

निलम्बित गभर्नर अधिकारीको प्रतिक्रिया– ‘छानबिनमा सहयोग गर्छु’

काठमाडौँ– नेपाल राष्ट्र बैंकका गभर्नरमाथि छानबिन गर्न भन्दै सरकारले न्यायिक समिति गठन गरेपछि गभर्नर महाप्रसाद अधिकारी निलम्बनमा परेका छन् । उनले आफू निलम्बनमा परेको हल्ला सुनेको तर औपचारिक पत्र नपाएको बताएका छन् । 

उनले सरकारले छानबिनका लागि गठन गरेको न्यायिक समितिले गर्ने छानबिनमा आफ्नो पूर्ण सहयोग रहने पनि बताएका छन् ।  आफूमाथि प्रतिशोध साँधेर अन्याय गरिएकोमा अदालतको ढोका ढक्ढक्याउने कि भन्ने प्रश्नमा उनले आफूले न्यायिक समितिबाटै न्याय पाउनेमा विश्वस्त रहेको उल्लेख गरेका छन् ।