बिहीबार ०५ असार, २०८२
Thursday, June 19, 2025

पर्यटन क्षेत्रले विस्तारै गति लिँदै

काठमाडाैँ - नेपालका लागि अष्ट्रेलियाका राजदूत फेलिसिटी भोल्कले कोभिड–१९ का कारण थलापरेको नेपालको पर्यटन क्षेत्रले विस्तारै गति लिन थालेको बताएका छन् ।

ग्लोबल एकेडेमी अफ टुरिजम एण्ड हस्पिटालिटी एजुकेशनको भ्रातृ संस्था गेट भोकेसनलद्वारा आज ‘कर्मसियल कुकरी थ्री’ कोर्ष पूरा गरेका पाँचौँ ब्याचको दीक्षान्त समारोहमा उनले सो कुरा बताए । उक्त कार्यक्रम विगत सात वर्षदेखि अष्ट्रेलिया सरकारको शैक्षिक प्रतिष्ठान नर्थ कोस्ट इन्स्टिच्युटअन्तर्गतको टेफको सम्बन्धनमा सञ्चालन हुँदै आएको छ ।  

नेपालमा २५ वटा नयाँ पाँचतारे होटल आउने क्रममा रहेको सन्दर्भ उल्लेख गर्दै राजदूत भोल्कले विश्वभरिका धेरै मानिसका लागि नेपाल स्वप्न गन्तव्यका रूपमा रहेकाले यहाँ आउन चाहनेले यसबाट लाभ लिन सक्नुपर्नेमा जोड दिए ।  

सेफ सेफ सन्तोष साहले हरेक व्यक्तिको सकारात्मकपन, सही गन्तव्य लक्ष्यले उसलाई सफल बनाउने बताए । गेट कलेजका प्रमुख कार्यकारी अधिकृत खेम लकाईले गेट कलेजले सन् २०१५ बाट अष्ट्रेलियाको टेफ एनएसडब्लूको सम्बन्धनमा सञ्चालन हुँदै आएको कर्मसियल कुकरी थ्री कोषबाट हालसम्म ८६ जना विद्यार्थी दीक्षित गराएको जानकारी दिए ।