देशको राजधानी काठमाडौँ नभएर अन्यत्रै हुनुपर्छ – बालेन शाह

काठमाडौँ– देशको राजधानी काठमाडौँ नभएर अन्यत्रै हुनुपर्ने काठमाडौँ महानगरपालिकाका स्वतन्त्र उम्मेदवार बालेन शाहले बताएका छन् । उनले आज काठमाडौँको नाथम कलेजमा भएको ‘मैले देखेको समाज’ कार्यक्रमको १२ औ शृङ्खलामा अतिथिको रूपमा बोल्दै यस्ताे बताएका हुन् ।
‘कमन एक्सन फर सोसल ट्रान्सफरमेसन’ नामक संस्थाले गरेको उक्त कार्यक्रममा बोल्दै उनले काठमाडौँ उपत्यका नै संग्राहलय जस्तो भएकाले राजधानी भन्दा पनि म्युजियम सहरका रूपमा संरक्षण गर्नुपर्नेमा जाेड दिए ।
‘यहाँको सांस्कृतिक सम्पदा, चाडपर्व, जात्रा, मेलाहरूका कारण एकदम सुन्दर स्थान हो’ उनले भने, ‘यति सुन्दर स्थान देशको राजधानी हुँदा देशभरिमा हुने आन्दोलन यही हुने भयो । यहाँ संसद् भवन भएका कारण सधैँ जसो आन्दोलनका कार्यक्रम हुन्छन् । त्यसैले देशको राजधानीको लागि अन्यत्र विकल्प खोज्नु पर्छ ।’
उनले काठमाडौँ सुन्दर, शान्त र स्निग्ध हुनुपर्ने उल्लेख गरे ।
शाहले उक्त कार्यक्रममा आफ्नो कलाकारिता, इन्जिनियरीङदेखि देश कै ठूलो महानगर काठमाडौँमा मेयरको उम्मेदवारी घोषणा गर्दासम्मा आफ्ना अनुभवहरू राखेका थिए ।
शाहले उक्त कार्यक्रममा काठमाडौँमा प्रशस्त खुल्ला स्थानहरू हुनुपर्ने बताए ।
‘पछिल्लो समय एकदमै धेरै बलबालीकाहरुले आत्महत्या गरेको सुन्ने गरिन्छ । यसको कारण बालबालिकाहरू खेलकुदमा सहभागी नभएकाले हो’ उनले भने ‘प्रविधिले हामीलाई जित्न मात्रै सिकाएको छ । उनीहरू सानो सानो हारमा पनि एकदमै निराश हुन्छन् । तर खेलले शारीरिक रूपमा मात्रै हैन मानिसिक रूपमा पनि बलियो बन्न सिकाउँछन् । उनीहरूले सानो सानो हुँदा निराश हुनु हुँदैन भन्ने सिक्छन् ।’
कमन एक्सन फर सोसल ट्रान्सफरमेसनले ‘मैले देखेको समाज’ विगत पाँच वर्षदेखि धारावाहिक कार्यक्रम गर्दै आइरहेको छ । कार्यक्रममा अतिथि वक्ताले आफूले भोगेको र देखेको समाजका बारेमा बताउने गरेका छन् ।

न्ह्यूको सङ्गीत र मेनुकाको स्वरमा नेपाली क्लासिकल गीत ‘बदमास’ सार्वजनिक

‘नारायणगोपाल युवा संगीत पुरस्कार’ सिवानी मोक्तानले पाइन्

टिकाराम खड्काको शब्द तथा शिव परियारको आवाजमा ‘मलाई जलाउँदा’ सार्वजनिक (भिडि…

‘सर्माइ भागेर’ मा ‘दर्पण छायाँ २’ जोडी पुष्प र सहारा

ब्राजिलियन डीजे 'एलोक' एलओडीमा आउँदै
नाजिर र स्मारिका अभिनित म्युजिक भिडियो ‘पिलेन उडाउनी’ सार्वजनिक

पाँचथरको फिदिमदेखि नवलपुरसम्म गुञ्जिए दीपक बज्राचार्य

प्रतिक्रिया