पुलिसमाथि पुस स्पोर्टसको रोमाञ्चक जित, सचिनले लिए ६ विकेट

काठमाडौँ – प्रो क्लब च्याम्पियनशीप क्रिकेटमा भारतको पुस स्पोर्टस दिल्लीले नेपाल पुलिस क्लबमाथि एक रनको रोमाञ्चक जित हात पारेको छ । भैरहवाको सिद्धार्थ रंगशालामा शुक्रबार भएको खेलमा १ सय ३४ रनको लक्ष्य पछ्याएको पुलिस निर्धारित २० ओभरमा ९ विकेट गुमाउदै १ सय ३२ रनमात्र जोड्न सक्यो ।
जितका लागि पुलिसलाई अन्तिम ओभरमा १९ रनको आवश्यकता रहेको थियो । स्ट्राइकमा रहेका गुल्सन झाले इशान पाण्डेले गरेको पहिलो बलका चौका र त्यसपछि लगातार दुई छक्का प्रहार गरे । तर चौथो बलमा भने इशानले गुल्सनको विकेट हात पार्यो ।
अन्तिम दुई बलमा पुलिसलाई ३ रनको आवश्यकता भएपनि सागर ढकालले पा“चौ बल डट खेले भने अन्तिम बलमा केवल एक रन ल्याए । पुलिसका लागि गुल्सन झाले सर्वाधिक ३६ तथा पवन सर्राफले ३३ रन बनाए । पुस स्पोर्टसलाई जित दिलाउन सचिन कुमारले सर्वाधिक ६ विकेट हात पारे । भिशेष सारोहाले २ तथा इशान पाण्डेले १ विकेट लिए ।
यस अघि टस जितेर पहिले ब्याटिङ गरेको पुस स्पोर्टसले ८ विकेट गुमाएर १ सय ३३ रन जोडेको थियो । पुस स्पोर्टसका लागि आदित्य जैनले सर्वाधिक ३८ तथा मयंक गुप्ताले २३ रन जोडे । पुलिसका लागि मन्जित श्रेष्ठले सर्वाधिक ४ तथा पवन सर्राफले २ विकेट हात पारे ।

हेटौँडामा पहिलो पटक इ–स्पोटर्स अन्तर्गत फ्रि फायर प्रतियोगिता

जुडो टोली बङ्गलादेश प्रस्थान

टि ट्वान्टी ग्लोबल छनोट पार गर्ने हामीसँग क्षमता छ : प्रशिक्षक कटुवाल

आईपीएल २०२५ : पावर प्लेमा सबैभन्दा बढी छक्का हान्ने यी हुन पाँच क्रिकेटर

प्रधानमन्त्री कप भलिबल बिहीबारदेखि

‘हिमालयन चितुवा’ लाई ‘के वन क्रस १७५’को उपाधि
नेपाल बंगलादेशसँग पराजित, सेमि फाइनलबाट बाहिरियाे

प्रतिक्रिया