‘अर्जुन रेड्डी’ बन्ने ८ सय युवाको रहर

काठमाडौं : दक्षिण भारतीय तेलुगु चलचित्र ‘अर्जुन रेड्डी’को नेपाली रीमेक बन्ने भन्ने कुराले नेपाली चलचित्र बजार राम्रै तातेको थियो । निकै चर्चामा रहेको यो चलचित्रको हालै अडिसन सम्पन्न भएको छ । अडिसनका लागि करिब दुई हजारले आवेदन दिएको निर्माण पक्षले जनाएको छ । त्यस मध्ये ८ सयलाई अडिसनको लागि बोलाइएको थियो ।
एभरेस्ट फिल्म एकेडेमीमा सम्पन्न अडिसनमा निकै नै उत्साहजनक सहभागिता रहेको निर्देशक बिशाल सापकोटाले बताए । अब चाडै नै चलचित्रका लागि मुख्य कलाकारहरू फाइनल गरेर वर्कसप गरिने निर्माण पक्षले जनाएको छ । यसरी राइट्स लिएर निर्माण हुन लागेको यो पहिलो नेपाली चलचित्र हो । चलचित्रलाई युवा फिल्म्सले निर्माण गर्दैछ ।
तेलगु भाषामा बनेको ‘अर्जुन रेड्डी’को हिन्दी रिमेक पनि बनिसकेको छ । ‘कबीर सिंह’ शीर्षकमा बनेको यो फिल्ममा शाहिद कपुरले मुख्य भूमिका निर्वाह गरेका थिए । यो फिल्म शाहिदको करिअरको सबैभन्दा सफल फिल्ममा दरिएको थियो । फिल्मले दुई सय करोडमाथिको व्यापार गरेको थियो ।
युवा फिल्म्सले यस अघि ‘सफर’ नामक फिल्म बनाएको थियो । त्योबाहेक यो कम्पनीले नेपाली चलचित्र ‘कबड्डी’, ‘पुरानो डुङ्गा’ लगायतका चलचित्र अमेरिकामा वितरण गरिसकेको छ ।

सन्नी देओलको बोर्डरः २ को सकियो सुटिङ

‘सितारे जमीं पर’ले कमायो १५४ करोड, बन्यो १५० करोड कटाउने ६५ औं चलचित्र

‘जाने भए जाम माया’ युट्युबमा सर्वाधिक हेरिएको गीत

सट्टेबाजी एप्स प्रचारमा दक्षिण भारतका १९ चर्चित कलाकारको संलग्नता, गरियो मुद्दा…

भीएस बिच रनवे २०२५ : समुद्र किनारमा फेसन, सङ्गीत र आत्मविश्वासको रंगीन समागम

कमेडियन कपिल शर्माको क्याफेमा गोली प्रहार, आतंकवादी समुहको संलग्नता

महिला फुटबलका प्रशिक्षकमाथि गायिका झुमाले गरिन 'त्यस्तो नाथे खुइले बाँदर' अभ…

प्रतिक्रिया