भूमिहिन दलितलाई जग्गाधनी दर्ता प्रमाणपत्र

कैलाली - सुदुरपश्चिम प्रदेशमा पहिलोपटक भूमिहिन दलितहरुलाई जग्गाधनी दर्ता प्रमाणपत्र वितरण गरिएको छ । नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा पूर्व संविधान सभा सदस्य डाक्टर आरजु राणा देउवाले धनगढी उपमहानगरपालिका ९ का २१ परिवार भुमिहिन दलितहरुलाई जग्गाधनी दर्ता प्रमाणपत्र बितरण गरेकी छिन ।
जग्गाधनी दर्ता प्रमाणपत्र वितरण गर्दै नेतृ राणाले नेपाली कांग्रेसले भूमिहिन परिवारलाई बसोबासका लागि जग्गा उपलब्ध गराउने उदघोष गरेको बताउदै पहिलो चरणमा भूमिहिन दलितहरुलाई जग्गाधनी दर्ता प्रमाणपत्र बितरण गरिएको बताइन् ।
उनले क्रमबद्ध रुपमा अन्य भूमिहिनहरुलाई समेत जग्गाधनी दर्ता प्रमाणपत्र उपलब्ध गराउने बताइन । जग्गाधनी दर्ता प्रमाणपत्र हातमा परेपछि भूमिहिन दलितहरु खुशी छन्। स्थानीय कालीदेवी कोलीले सपनामा समेत आफ्नो नाममा जग्गा हुने कुरा नसोचेको बताउदै जग्गा पाएपछि निकै खुशी भएको बताइन ।
त्यस्तै, हिरादेवी लुहार समेत जग्गाधनी दर्ता प्रमाणपत्र पाउँदा निकै खुशी थिएन । जग्गाधनी दर्ता प्रमाणपत्र बितरण कार्यक्रममा धनगढी उपमहानगरपालिकाका मेयर नृप बहादुर वड लगायतको उपस्थिति रहेको थियो ।

सावित्री देवी स्मृती प्रतिष्ठानद्वारा स्वास्थ्यकर्मी लामासहित अन्य व्यक्ति सम्मानित

सङ्कलन गरेको गोहीका अण्डाबाट कोरलियो बच्चा

एक किलो अफिमसहित पर्सामा चार जना पक्राउ

झापाका ५२५ जना वन्यजन्तु पीडित राहतका पर्खाइमा

भोजपुरमा लोपोन्मुख ‘रेड पान्डा’को संरक्षण गर्न क्यामेरा जडान

आज द्वन्द्वमा यौन हिंसा उन्मूलनका लागि अन्तरराष्ट्रिय दिवस

दुई प्रदेशको सीमानामा प्रहरी चौकी स्थापना

प्रतिक्रिया