देशमै गुणस्तरीय उच्च शिक्षाको जरुरी : राष्ट्रपति भण्डारी

काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकभित्रै गुणस्तरीय उच्च शिक्षा प्रदान गर्नका लागि संवेदनशील हुनुपर्ने बताएकी छन् ।
शुक्रबार काठमाडौंमा उच्च शिक्षालय तथा माध्यमिक विद्यालय सङ्घ, नेपाल (हिसान) को आठौँ राष्ट्रिय महाधिवेशन उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले अहिले पनि हजारौ विद्यार्थी उच्च शिक्षाका लागि विदेश जाने गरेको भन्दै मुलुकभित्रै गुणस्तरीय उच्च शिक्षा प्रदान गर्नका लागि संवेदनशील हुनुपर्ने बताएकी हुन् ।
नेपाललाई गुणस्तरीय उच्च शिक्षा हासिल गर्ने गन्तव्य बनाउन गम्भीर हुनुपर्ने उनको भनाई छ । उनले गुणस्तरीय, सर्वसुलभ र अनुसन्धानमुखी उच्चशिक्षाका लागि योगदान गर्न विद्यालय सञ्चालकलाई आग्रह गरिन् ।
कार्यक्रममा शिक्षामन्त्री देवेन्द्र पौडेलले शिक्षा सुधारका लागि आवश्यक काम सरकारले गरेको जानकारी दिए । शिक्षक सेवा आयोगलाई लोकसेवा जस्तै बलियो बनाउने र दरबन्दी बढाउने काम भइरहेको उनको भनाइ छ ।
‘शिक्षा विकासमा सार्थक साझेदारी ः हिसानको योगदान र जिम्मेवारी’ मूल नाराका सुरु सम्मेलन शनिबारसम्म चल्ने छ । हाल सञ्चालनमा रहेका निजी लागानीबाट सञ्चालित मावि दुई तथा उच्च शिक्षालयको सङ्ख्या एक हजार ९७७ भन्दा बढी पुगिसकेको छ ।

एमाले केन्द्रीय समिति बैठक बस्दै, भण्डारीको राजनीतिक सक्रियताबारे छलफल हुने

प्रधानमन्त्री ओली भारत भ्रमण जाँदै, तयारीमा जुट्यो परराष्ट्र

खानेपानीमन्त्री यादवद्वारा राति छड्के अनुगमन तथा निरीक्षण

एमालेको केन्द्रीय कमिटी बैठक बस्दै

प्रधानमन्त्री ओली र पूर्वराष्ट्रपति भण्डारीबीच च्यासलमा छलफल

प्रत्यक्ष निर्वाचन प्रणालीभित्र समानुपातिक सहभागिता गराउनुपर्छः सभापति देउवा

कांग्रेसलाई गुटउपगुटबाट जोगाउनुपर्नेमा नेताहरूको जोड

प्रतिक्रिया