आमाको सल्झनामा एम पी अर्यालले ल्याए ‘आमा मेरी आमा’
काठमाडौँ- नेपाली सांगीतिक धरातलमा स्व. आमाको सम्झनामा नयाँ गीत ‘आमा मेरी आमा’ सार्वजनिक छ । एम पी अर्यालको स्वर रहेको गीतमा पुस्तक प्रसादको शब्द तथा संगीत छ । उदय राज पौडेलले यसको एरेन्ज गरेका छन ।
म्युजिक नेपाल कम्पनीको युटुब च्यानलमार्फत् यो बजारमा आएको छ । आमाको नाममा धेरै गीत गाइए पनि दिवङ्गत आमाको सम्झनामा गाइएको यो गीत कर्णप्रिय छ । आफ्नी आमा स्व मायादेवी अर्यालको सम्झनामा गायक एम पी अर्यालले यो गीत ल्याएका हुन् ।
उनको गायनमा यो पहिलो प्रयास हो । उनको आमा गीतमा विशेषगरी आमा गुमाएको पीडा गहिरो र मार्मिक रुपमा ब्यक्त गरिएको छ । दिवंगत आमाहरू प्रति समर्पित यो गीतले मानिसको जीवनमा आमाको महत्व र ममता कतिको महत्वपूर्ण छ भन्ने कुरा देखाइएको छ ।
आमा गुमाउनेहरुलाई यो गीतले निकै भावुक बनाउन सक्छ । प्रिन्स डेनियलले निर्देशन गरेको भिडियोमा महेन्द्र ढकाल, जयन्ती मोक्तान, इश्वरी बराल र बाल कलाकार कैराब भुषालको अभिनय देख्न सकिन्छ । संजय अधिकारीको छायांकन रहेको भिडियोलाई बिजय भुर्तेलले सम्पादन, कलरिंग, र मास्टरिंग गरेका हुन । भिडियो निकै मर्मस्पर्शी बनको छ ।

न्ह्यूको सङ्गीत र मेनुकाको स्वरमा नेपाली क्लासिकल गीत ‘बदमास’ सार्वजनिक

‘नारायणगोपाल युवा संगीत पुरस्कार’ सिवानी मोक्तानले पाइन्

टिकाराम खड्काको शब्द तथा शिव परियारको आवाजमा ‘मलाई जलाउँदा’ सार्वजनिक (भिडि…

‘सर्माइ भागेर’ मा ‘दर्पण छायाँ २’ जोडी पुष्प र सहारा

ब्राजिलियन डीजे 'एलोक' एलओडीमा आउँदै
नाजिर र स्मारिका अभिनित म्युजिक भिडियो ‘पिलेन उडाउनी’ सार्वजनिक

पाँचथरको फिदिमदेखि नवलपुरसम्म गुञ्जिए दीपक बज्राचार्य

प्रतिक्रिया