हेटौंडा उपमहानगरका वडामा एमाले गर्यो उम्मेद्वार सिफारिस

मकवानपुर- स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा नेकपा एमाले मकवानपुरले हेटौंडा उपमहानगरपालिकाको १९ मध्ये १७ वटा वडामा अध्यक्षहरू सिफारिस गरेको छ । उपमहानगरपालिकाको मेयर उपमेयरबारे आज उमेद्वार टुङ्याउने भनिए पनि २७ चैतसम्मको लागि म्याद लम्ब्याइएको छ । पार्ट भित्र आकाक्षी बढि भएपछि मिति लम्ब्याइएको हो ।
बागमती प्रदेश राजधानी तथा प्रदेशको एक मात्रै उपमहानगर हेटौंडा उपमहानगरपालिकाको वडा ३, १० र १७ बाहेक अन्य वडामा वडाअध्यक्ष भने टुङ्याएको छ । पार्टी अध्यक्ष एकालाल श्रेष्ठका अनुसार यीमध्य केही वडाहरूमा सर्वसम्मत उमेद्वार छनौट भएका छन्, भने केही वडाले वडा अध्यक्षमा ३ जनासम्मको नाम जिल्ला कमिटीलाई सिफारिस गरेको थियो ।
वडा अध्यक्षको लागि हेटौंडाको वडा नम्बर १ मा सर्वसम्मत उम्मेद्वार छनौट भएको छ । १ नम्बर वडामा उत्तमप्रसाद पौडेललाई अध्यक्षको उम्मेद्वार बनाउने निर्णय गरेको छ । वडा कमिटीको अध्यक्षसमेत रहेका पौडेलको नेतृत्वमा वडा सदस्यमा खुलातर्फ सोनामसिं स्याङ्तान र रामकृष्ण अधिकारी, महिला सदस्यमा मनु दाहाल र दलित महिला सदस्यमा ईश्वरी रसाईलीलाई उम्मेद्वार बनाउने निर्णय गरेको छ । वडा सदस्यमा ईश्वरी रसाइली र खुला सदस्यमा सोनामसिंह स्याङ्तान २०७४ सालको स्थानीय तहको निर्वाचनमा निर्वाचित वडा सदस्यहरू हुन् ।
वडा नम्बर २ बाट वर्तमान वडाध्यक्ष हरि राउत पुनः उम्मेद्वार बनेका छन् । वडा कमिटीको बैठकले राउतलाई सर्वसम्मत रुपमा वडाध्यक्षको उम्मेद्वार बनाएको हो । वडा नम्बर २ को दलित महिला सदस्यमा सुमित्रा सुनार कामीलाई सर्वसम्मत गर्दा बाँकी रहेको खुल्ला वडा सदस्य र महिला सदस्यहरूमा भने ८ जनालाई सिफारिस गरिएको छ । सिफारिस हुनेहरूमा रामकृष्ण तिमल्सिना, महेश्वरमान श्रेष्ठ, रेनु गुरुङ, शिशिर सुवेदी, जितेन्द्र श्रेष्ठ, चन्द्रावति पनेरु, सिता तिमल्सिना र अञ्जु अधिकारी रहेका छन् ।
वडा नम्बर ४ को अध्यक्षमा नेकपा एमालेले नवीन सिग्देललाई सिफारिस गर्ने निर्णय गरेको छ । एमाले ४ नम्बर वडा कमिटीको बैठकले सर्वसम्मत वडा अध्यक्ष र सदस्यहरूको नाम सिफारिस गर्ने निर्णय गरेको हो । बैठकले वडा सदस्यमा जनरल श्रेष्ठ, जगन्नाथ पाण्डे, गीता त्रिपाठी र विष्णुदेवी देउलालाई सिफारिस गरेको छ । वडा अध्यक्षमा सिग्देल र सदस्यमा जनरल श्रेष्ठ दोस्रो कार्यकालका लागि उम्मेद्वार हुने भएका छन् भने पाण्डे, त्रिपाठी र देउला नयाँ अनुहार हुन् ।
एमालेले हेटौंडा–५ को वडा अध्यक्षमा सुशील घिमिरेलाई उम्मेद्वार बनाउने भएको छ । वडा कमिटीले वडा अध्यक्षमा घिमिरेलाई उम्मेद्वार बनाउने सर्वसम्मत निर्णय गरेको हो । ५ नम्बर वडा कमिटीले वडा सदस्यमा ज्ञानु थापा, राम बहादुर राई, भगवती विक र रञ्जीता सिलवालको नाम सिफारिस गर्ने निर्णय गरेको छ । ज्ञानु थापा र भगवती विक अहिले पनि वडा सदस्य हुन्, भने राई र सिलवाल नयाँ हुन् ।
हेटौंडा–६ को वडा अध्यक्षमा विश्वराज राई सर्वसम्मत सिफारिस भएका छन् । वडा कमिटीले राईको नाम सर्वसम्मत सिफारिस गर्ने निर्णय गरेको हो । अन्य सदस्यहरू नाम सिफारिस बाँकी रहेको छ ।
यस्तै एमाले ७ नम्बर वडा कमिटीले वर्तमान अध्यक्ष राजन थापालाई नै आगामी निर्वाचनमा उम्मेद्वार बनाउने निर्णय गरेको छ । थापालाई सवसम्मत उमेद्वार बनाउने निर्णय गरेको हो । यस्तै सदस्यमा देवराज रिमाल र नरबहादुर भ्लोन, दलित महिला सदस्यमा सपना विक र महिला सदस्यमा तुलसा अधिकारी सर्वसम्मत चयन भएका छन् । रिमाल हाल जिसस सदस्य हुन् ।
त्यसैगरी हेटौंडा ८ को अध्यक्षमा एमालेको तर्फबाट तीन जनाको नाम सिफारिस भएको छ । सिफारिस हुनेहरूमा बोलबहादुर कार्की, यशोधा उप्रेती र रमेशकुमार पौडेल छन् । वडा सदस्य खुल्लामा गोपाल श्रेष्ठ र राजु मुक्तान सर्वसम्मत हुँदा महिला सदस्यमा मञ्जु भुर्तेल, सुशिला मल्ल र सुमित्रा पाण्डे सिफारिस भएका छन् । दलित महिला सदस्यमा कल्पना विक र ममता देउला सिफारिस भएका छन् ।
त्यस्तै एमालेले वडा नम्बर ९ मा नरेन्द्र भण्डारीसहित ३ जनाको नाम वडा अध्यक्षमा सिफारिस गरेको छ । पार्टी वडा कमिटीको बैठकले नरेन्द्र भण्डारीसँगै हालका वडा अध्यक्ष लक्ष्मण भण्डारी र गोमा शाहको नाम सिफारिस गर्ने निर्णय गरेको छ । यस्तै २ जना खुला सदस्यमा ६ जनाको नाम सिफारिस गरिएको छ । खुला सदस्यमा मदन न्यौपाने, यदुवंश खतिवडा, नारायण खतिवडा, रामकुमार श्रेष्ठ, टिका प्रसाद भट्टराई र सिताराम पौडेलको नाम सिफारिस गर्ने निर्णय भएको छ । महिला सदस्यमा मीना अर्याल र दलित महिलामा लक्ष्मी नेपालीको नाम सिफारिस गरिएको छ । लक्ष्मी नेपाली हालपनि पनि वडा सदस्य हुन भने अर्याल नयाँ हुन् ।
हेटौंडा–११ को वडा अध्यक्षमा तीन जनाको नाम सिफारिस गरेको छ । वडा कमिटीको बैठकले वडा अध्यक्षमा जुना दाहाल, रामचन्द्र न्यौपाने र दीपक सिवाकोटीको नाम सिफारिस गरेको छ । यस्तै वडाबाट सदस्यमा खुलातर्फ अक्कल बहादुर रोक्का (तीर्थ) र सूर्यबहादुर खुलाल, महिला सदस्यमा गोपिनी सापकोटा र दलित महिला सदस्यमा गीता सुनारको नाम सिफारिस गर्ने निर्णय सर्वसम्मत भएको छ । दाहाल र न्यौपाने हाल वडा सदस्य हुन् ।
यसैगरी हेटौंडा–१२ को अध्यक्षमा राजेश नगरकोटीलाई उम्मेद्वार बनाउन सर्वसम्मत सिफारिस गर्ने निर्णय गरेको छ । वडा कमिटीले नगरकोटीलाई सर्वसम्मत अध्यक्ष पदको उम्मेद्वार बनाउने निर्णय गरेको हो ।
खुला सदस्यतर्फ ज्ञानबहादुर श्रेष्ठ र महेश भट्टराई, महिला सदस्यतर्फ रुक्मिणी स्याङ्तान र दलित महिलातर्फ गीता परियारलाई सर्वसम्मत सिफारिस गर्ने निर्णय गरेको छ ।
हेटौंडा– १३ मा नेकपा एमालेका तर्फबाट वडाध्यक्षमा पेम्बा लामा सर्वसम्मत चयन भएका छन् । सदस्यहरूमा आशिष थापा, बुद्ध गोले, बिष्णुमाया परियार र बिष्णुमाया थिङ सर्बसम्मतरुपमा सिफारिस भएको पार्टी अध्यक्ष श्रेष्ठले बताए ।
त्यस्तै वडा नम्बर १४ मा पनि सर्वसम्मत रुपमा वडाध्यक्ष सिफारिस भएको छ । वडा कमिटीको बैठकले वर्तमान वडाध्यक्ष तथा नेकपा एमालेका जिल्ला सचिवालय सदस्य दिपक खड्कालाई वडाध्यक्षको उम्मेद्वार बनाउने निर्णय गरेको छ ।
त्यस्तै हेटौंडा–१५ को वडा अध्यक्षमा सुनिल मोक्तानलाई उम्मेद्वार बनाउन सिफारिस गरेको छ । वडा कमिटीको बैठकले वडा अध्यक्षसहित सदस्यहरू पनि सर्वसम्मत सिफारिस गर्ने निर्णय गरेको छ । वडा कमिटीले वडा सदस्यमा महिलातर्फ पातलीमाया गोङ्बा, दलित महिलातर्फ मिनु विश्वकर्मा, खुलातर्फ राजेन्द्र तितुङ र सिंहबहादुर लोलाई उम्मेद्वार सिफारिस गर्ने निर्णय गरेको छ ।
त्यस्तै एमालले हेटौँडा–१६ बाट बसन्तप्रसाद लामिछानेलाई वडाध्यक्ष बनाउन सिफारिस गरेको छ । वडा कमिटीको बैठकले लामिछानेलाई वडाध्यक्षमा सर्वसम्मत चयन गरेको हो । वडा सदस्यमा खुलातर्फ राजेन्द्र गरन्जा र कृष्ण बहादुर रुम्बा, दलित महिलातर्फ पवित्रा विश्वकर्मा र महिलातर्फ अस्मिता भुषाललाई उम्मेद्वार बनाउने निर्णय गरेको छ ।
त्यस्तै एमालेले हेटौँडा–१८ मा हालका अध्यक्ष अनिलकुमार बानियाँलाई नै वडाध्यक्षमा उम्मेद्वार बनाएको छ । वडा कमिटीको बैठकले बर्तमान वडाध्यक्ष समेत रहेका बानियाँलाई वडाध्यक्षको उम्मेद्वार बनाउने निर्णय गरेको हो । सदस्यहरूमा तोयानाथ तिमल्सिना, विश्वनाथ ढुंगाना, महिला सदस्यमा कल्पना कुईंकेल र दलित महिला सदस्यमा पुजा मग्रातीलाई उमेद्वार बनाउने सर्वसम्मत निर्णय गरेको छ ।
त्यस्तै हेटौंडा–१९ मा अध्यक्षका लागि तीन जना आकांक्षीको नाम सिफारिस गरिएको छ । वडा कमिटीको बैठकबाट अध्यक्षका आकांक्षी बाहालवाल वडा अध्यक्ष नरनाथ सुवेदीसहित रत्नबहादुर ब्लोन र इन्दिरा तामाङको नाम सिफारिस गर्ने निर्णय भएको छ । सदस्यमा दलित महिलामा शान्ति विक र महिलामा रमा गोले सर्वसम्मत सिफारिस भएका छ्न् । २ जना खुला सदस्यमा कृष्णमान स्याङ्तान, प्रताप थिङ र राजकुमार बज्युको नाम सिफारिस गरिएको छ । इन्दिरा तामाङ र शान्ति विक हाल पनि वडा सदस्य हुन् ।

सेफ्टीट्याङ्कीमा खसेर बालिकाको मृत्यु

बाँदरले दुःख दिएपछि बेसार खेतीतिर किसान

पशुमा पनि बाँझोपनको समस्या बढ्यो
भक्तपुर पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

प्रदेश सरकारद्वारा विद्यालयलाई बस प्रदान

मल्लकालीन बस्तीका स्ववासीलाई सयौँ वर्षपछि लालपुर्जा वितरण

भक्तपुर–नगरकोट सडकखण्डको १५ किलोमिटर सडक कालोपत्र अन्तिम चरणमा

प्रतिक्रिया