सोमबार २६ जेठ, २०८२
Monday, June 09, 2025

दुई सयले पाए सगरमाथा आरोहण गर्न अनुमति, ४९ जना अमेरिकाबाटै

काठमाडौँ – ​ दुई सय जनाले यो सिजनको लागि सगरमाथा आरोहण गर्न अनुमति पाएका छन् । सगरमाथा आरोहणका लागि यो सिजनमा ४१ वटा देशबाट आरोहीहरू नेपाल आउने भएका छन् । 

४६ जना महिला र १५४ जना पुरुष रहेको संस्कृति पर्यटन तथा नागरिक उड्डयन  मन्त्रालयले जनाएको छ । 

सगरमाथा आरोहण गर्ने अनुमति पाउनेमा सबैभन्दा धेरै अमेरिकी नागरिक छन् । यो सिजनमा १० महिला र ३९ पुरुष अमेरिकी नागरिकले सगरमाथा आरोहणको लागि अनुमति पाएका हुन् । सर्वोच्च शिखर सगरमाथा आरोहण गर्न अनुमति पाउनेमा दोस्रो धेरै बेलायती नागरिक छन् । 

अनुमति पाउनेमा ४ महिला  र २१ पुरुष गरी जम्मा २५ बेलायती नागरिक छन् । यस्तै महिला ५ र पुरुष १० गरी १५ जना भारती, अस्ट्रेलियाबाट १० जना, रसियाबाट १४ जनाले अनुमति पाएका छन् । 

यस्तै अनुमति पाउनेमा क्यानडा ११, चीन ९, फ्रान्स, जर्मनी, जापानबाट ३–३ जनाले अनुमति पाएका हुन् । अर्जेन्टिना, इरान, इटाली, मलेसिया, मेक्सिको, साउथ अफ्रिका, स्विडेनबाट २– २ जनाले सगरमाथा आरोहण गर्न अनुमति पाएका हुन् । यस्तै २० वटा देशबाट एक एक जनाले सगरमाथा आरोहण गर्ने भएका हुन् ।  

त्यसैगरी यो सिजनमा १० जना नेपालीले समेत सगरमाथा आरोहणको लागि अनुमति पाएका छन् ।