बार्सिलोनाको आधा दर्जन गोल, एथलेटिको पनि विजयी

काठमाडौँ : स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले फराकिलो जित दर्ता गरेको छ । आइतबार राती भएको खेलमा बार्सिलोनाले रियल सोसिडाडलाई ६–१ गोल अन्तरले पराजित गरेको हो । बार्सिलोनालाई जिताउन लियोनल मेस्सी र सर्जियो डेस्टले समान दुई–दुई गोल गरे । यस्तै एन्टोइन ग्रिजमन र औसमाने डेम्बेलेले एक–एक गोल गरे ।
सोसिडाडका एन्डर ब्यारेनटेक्जाले एक गोल फर्काए । जितपछि बार्सिलोना २८ खेलबाट ६२ अंकसहित लिगको दोस्रो स्थानमा उक्लिएको छ । यस्तै आइतबार राती नै भएको अर्को खेलमा शीर्ष स्थानको एथलेटिको म्याड्रिड पनि विजयी भएको छ ।
एथलेटिकोले अलाभेसलाई १-० गोलले हरायो । एथलेटिकोलाई जिताउन एक मात्रै गोल लुइस स्वारेजले गरे । उनले खेलको ५४ औँ मिनेटमा गोल गरेका हुन् । जितपछि एथलेटिकोको ६६ अंक भएको छ । एथलेटिकोले दोस्रो स्थानको बार्सिलोनासँग चार अंकको अग्रता बढाएको छ ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया