बिहीबार ०५ असार, २०८२
Thursday, June 19, 2025

सन्तोष साहसहित 'बीबीसी मास्टर सेफ'को टोली नेपाल आइपुग्यो (फाेटाे फिचर)

तस्बिरः नेपाल पर्यटन बोर्डको फेसबुकबाट

काठमाडौँ- मौलिक खाना, संस्कृति र पर्यटन प्रवर्द्धनका ‘बीबीसी मास्टर सेफ’ को टोली नेपाल आइपुगेका छन् । प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरले कोभिड–१९ महामारीपछिको पर्यटन पुनरूत्थान अभियानअन्तर्गत ‘बीबीसी मास्टर सेफः द प्रोफेसनल २०२०’ का फाइनालिस्टहरूलाई नेपाल ल्याएको हो ।

सेफ सन्तोष साहका साथमा सेफ एलेक्स, सेफ बार्ट र सेफ फिलिपालगायतको टोली नेपाल बिहीबार दिउँसो आइपुगेका हुन् । टोलीले विभिन्न स्थानहरूमा पर्यटन प्रवर्द्धनमा सहभागी हुनेछन् ।

नेपालमा १० दिनसम्म विभिन्न प्रचारात्मक गतिविधिमा संलग्न हुनेछन् । उक्त कार्यक्रम अन्तर्गत काठमाडौँ ‘फाइनडाइनिङ’ कार्यक्रम, जनकपुरमा ‘मिथिला खाना तथा रेसिपी’ विषयमा कार्यक्रम र बर्दियामा थारू संस्कृति तथा खानासम्बन्धी प्रवर्द्धधनात्मक कार्यक्रमसहित मास्टर सेफहरूद्वारा नेपालको खानाको लोभ र रहस्य पत्ता लगाउन वाइल्ड स्पाइसेस हन्टिङ कार्यक्रम आयोजना गरिनेछ ।