टोटनहम विजयी, बराबरीमा रोकियो आर्सनल

काठमाडौँ : इंग्लिस प्रिमियर लिग फुटबलमा टोटनहम विजयी भएको छ । आर्सनल भने बराबरीमा रोकिएको छ । आइतबार राती भएको खेलमा टोटनहमले एस्टन भिल्लालाई २-० गोलले पराजित गर्दा आर्सनल वेष्टह्यामसँग ३-३ गोलको बराबरीमा रोकिएको हो ।
टोटनहमलाई जिताउन अल्भेस मोराइज र हयारी केनले गोल गरे । जितपछि टोटनहम २९ खेलबाट ४८ जोड्दै लिगको छैटौ स्थानमा उक्लिएको छ । यस्तै अर्को खेलमा आर्सनल बराबरीमा रोकिएको छ ।
वेष्टह्याम युनाईटेडसँग आर्सनलले ३-३ गोलको बराबरी खेलेको हो । आक्रामक रुपमा सुरुवाती तीन गोल गरेको वेष्टह्यामले दुई आत्मघाती गोल गरेपछि आर्सनलसँग अंक बाड्न बाध्य भएको हो । बराबरीपछि वेष्टह्याम ४९ अंकसहित पाँचौ स्थानमा छ भने आर्सनल ४२ अंकसहित नवौ स्थानमा छ ।

सन्दीप लामिछानेको सम्मानमा रङ्गशाला बन्दै

अन्ततः शुभम गिलले तोडे विराट कोहलीको कीर्तिमान

इटाली पहिलो पटक टि-२० विश्वकपका लागि छनोट

नेपालको विजयी सुरुवात, भुटान ६-१ गोल अन्तरले पराजित

डेविस कपमा नेपालले भाग लिने

खेलाडी र प्रशिक्षक सम्मानित

पिएसजीलाई सफलतामाथि सफलता, रियललाई ४ गोल हान्दै पुग्यो क्लब विश्वकपको फाइनलमा

प्रतिक्रिया