आइतबार ०४ जेठ, २०८२
Sunday, May 18, 2025

थप ७ जनामा काेभिड पुष्टि, सक्रिय संक्रमित ७ सय ४७

काठमाडाैँ – नेपालमा थप ७ जनामा काेभिड-१९ पुष्टि भएको छ ।  

देशभर गरिएको २ हजार ८ सय १९ पीसीआर परीक्षणका क्रममा ७ जनामा कोरोना पुष्टि भएको र १ हजार ८ सय ४९ एन्टिजेन परीक्षण गर्दा कसैको पनि कोरोना रिपोर्ट पोजेटिभ नआएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार बिहीबार पनि कोरोनाका कारण कसैको पनि मृत्यु भएको छैन ।

त्यस्तै थप २५ संक्रमित कोरोनामुक्त हुँदा हालसम्म नेपालमा ९ लाख ६५ हजार ८ सय ४७ जना निको भएका छन् । हाल नेपालमा ७ सय ४७ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।