बिहीबार ०५ असार, २०८२
Thursday, June 19, 2025

मैले देखेको समाजको १२ औ श्रृङ्खलामा बालेन शाह

काठमाडौँ-  मैले देखेको समाजको १२ औ श्रृङ्खलामा गायक तथा इञ्जिनियर बालेन शाह वक्ताको रुपमा सहभागी हुने भएका छन् । शुक्रबार रविभवनस्थित न्याथम कलेजमा २ बजेबाट कार्यक्रम सुरु हुने आयोजक   जनाएका छन् ।

शाहले आफ्नो व्यक्तिगत जीवनका आरोह अवरोहका बारेमा बताउने छन् । सांगीतिक  र व्यवसायिक यात्रामा अगाडि बढ्दै उनले कसरी राजनीतिमा होम्मिने निर्णयमा पुगे श्रोतालाई जानकारी गराउने छन् ।

संस्था सामाजिक रुपान्तरणका लागि साझा कार्यले 'मैले देखेको समाज' विगत पाँच वर्षदेखि धारावाहिक कार्यक्रम गर्दै आइरहेको छ । कार्यक्रममा अतिथि वक्ताले आफूले भोगेको र देखेको समाजको बारेमा बताउने छन् । वक्ताले आफ्नो जीवनमा भोगेका चुनौतीहरूको सामना गरेको भोगाइ र अनुभव बाँडने छन् ।

नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानको सहकार्य, बैकिङ पार्टनर कामना सेवा विकास बैंक,  दराज अनलाइन, बुद्ध एयर, टुटल, मिडिया पार्टनर इकागज डट कम, प्रेसपाना डट कम र शिलापत्र डट कम रहेका छन् ।