बन्दी माओवादी र समाजवादीका साझा पात्र, कांग्रेस नरम

काठमाडौँ– गैरसांसद गोविन्द बन्दी (कोइराला) एकाएक कानुन मन्त्री बनेपछि त्यसले पुनः राजनीतिक वृत्त तताएको छ । बन्दी कसको कोटामा मन्त्री बने र किन मन्त्री बने भन्ने आम चासो बनेको छ ।
बन्दी माओवादी र एकीकृत समाजवादीको साझा पात्र भएको खुलेको छ । उनलाई मन्त्री बनाउन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री देउवालाई सिफारिश गरेका थिए ।
अधिवक्ता बन्दीप्रति कांग्रेस नरम रहेकोले यो सम्भव भएको स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडा बताउँछन् । 'मूलत: उनी वामपन्थी पृष्ठभूमिका व्यक्ति हुन्' खतिवडाले भने ।
२०२४ साल दैलेखमा जन्मिएका बन्दी वरिष्ठ अधिवक्ता हुन् । उनले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेको मुद्दामा सरकारको विपक्षमा बहस गरेका थिए । उनले एमसीसीको व्याख्यात्मक घोषणा तयार पार्न भूमिका निर्वाह गरेको बताइएको छ, जसले उनलाई मन्त्री बन्ने माहाैल तयार गरेकाे हाे ।

व्यवसायीलाई ढुक्क भएर लगानी गर्न प्रधानमन्त्री ओलीको आग्रह

निर्माणमुखी सामग्रीको व्यवस्थापन तथा नियमनसम्बन्धी विधेयकमाथि छलफल सुरु

शहरी विकास मन्त्रालयको के-के छ प्रगती ?

नेपाल प्रहरीको महानिरीक्षकमा दीपक थापा नियुक्त

पूर्वविशिष्टलाई दिने सेवा सुविधालाई व्यवस्थित गर्न कानुन बन्दै : गृहमन्त्री लेखक
राष्ट्रपतिद्वारा चार विधेयक प्रमाणीकरण

भ्रष्टाचारबाट आर्जित सम्पत्ति सरकारको नाममा कायम गर्ने गृहमन्त्रीको निर्णय

प्रतिक्रिया