गैरसांसद गोविन्द बन्दी कानुनमन्त्री, बडू वाणिज्यमन्त्री

काठमाडौँ– प्रधानमन्त्री शेरबहादुर देउवाले गैरसांसद गोविन्द बन्दीलाई कानून, न्याय तथा संसदीय मामिला मन्त्री बनाउने भएका छन् । बन्दीको पारिवारिक स्रोतले सपथका लागि तयार रहन प्रधानमन्त्री कार्यालयबाट खबर आएको पुष्टी गरेको छ । 'उहाँकाे सिफारिश भएकाे खबर आएकाे छ,' परिवार स्राेतले भन्याे ।
देउवाले बन्दीसमेत गरी पछिल्लो कार्यकालमा दुइ पटक कानुनमन्त्री फेरिसकेका छन् । पहिले उनले ज्ञानेन्द्रबहादुर कार्कीलाई कानुनमन्त्री बनाएका थिए, त्यसपछि दिलेन्द्रप्रसाद बडुलाई कानुनमन्त्री बनाएका थिए । कानुनमन्त्री रहेका बडूलाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीको जिम्मेवारी दिन लागिएको बताइएको छ ।
राष्ट्रपति कार्यालयमा अढाई बजे सपथकाे प्रबन्ध मिलाउन मुख्यसचिवबाट खबर आएकाे त्यहाँका एक अधिकारीले बताए ।
गैरसांसदलाई ६ महिनाभित्र सांसद नबनाए मन्त्रीमा निरन्तरता दिन पाइँदैन । संवैधानिक कानूनका जानकारहरूका अनुसार छ महिनाभित्र प्रतिनिधिसभा सांसद वा राष्ट्रियसभा सदस्य बन्ने सम्भावना छ भने मन्त्री नियुक्त गर्न संविधानले बाटो खाेलिदिएकाे हाे ।

व्यवसायीलाई ढुक्क भएर लगानी गर्न प्रधानमन्त्री ओलीको आग्रह

निर्माणमुखी सामग्रीको व्यवस्थापन तथा नियमनसम्बन्धी विधेयकमाथि छलफल सुरु

शहरी विकास मन्त्रालयको के-के छ प्रगती ?

नेपाल प्रहरीको महानिरीक्षकमा दीपक थापा नियुक्त

पूर्वविशिष्टलाई दिने सेवा सुविधालाई व्यवस्थित गर्न कानुन बन्दै : गृहमन्त्री लेखक
राष्ट्रपतिद्वारा चार विधेयक प्रमाणीकरण

भ्रष्टाचारबाट आर्जित सम्पत्ति सरकारको नाममा कायम गर्ने गृहमन्त्रीको निर्णय

प्रतिक्रिया