'षट्कोण'को टिजरमा हत्याको रहस्य खोज्दै कार्म
काठमाडौँ - कर्मा र भोला राज सापकोटा अभिनित सिनेमा 'षट्कोण'को टिजर सार्वजनिक गरिएको छ । साइकोलोजिक थ्रिलर जनरामा निर्माण भएको सिनेमाको टिजरमा कार्म छाएका छन् ।
सार्वजनिक टिजरमा कर्मा एक मर्डर मिस्ट्रीको खोजीमा लागेको पत्रकारको भूमिकामा दखिएका छन् । सिनेमालाई मिलन डि काप्रीले निर्देशक गरेका हुन् । यो उनको डेव्यु निर्देशन रहेको सिनेमा हो । सार्वजनिक टिजरबाट उनले निर्देशनमा राम्रो सम्भावना देखाएका छन् ।
क्लेमेन्टाइन प्रोडक्सन र ट्राभलर्स क्रिउ फिल्मस्को ब्यानरमा निर्माण भएको सिनेमा आगामी वैशाख २३ गतेबाट नेपाल भरका सिनेमा घरमा रिलिज हुनेछ । कोरोना महामारी अगाडी नै निर्माण भएको सिनेमाको सम्पूर्ण काम सकेर प्रदर्शनको पालो कुरेर बसेकाले अहिले समय उत्तम लागेकाले रिलिजको लागि तयार भएको निर्माण टिमको भनाई छ ।
सिनेमामा कर्मा र भोलाराज सापकोटाका अलावा लोकेन्द्र लेखक, सुयशा अधिकारी, विराज कडरिया, शिशिर लिम्बू वानेमको अभिनय रहेको छ । शिशिर लिम्बू वानेमको कथा तथा पटकथा रहेको सिनेमाको संवाद महेश दवाडीले लेखेका हुन् ।
सिनेमामा आङ्छेन लामाको छायांकन, सागर खनाल र निर्देशक मिलन डि काप्रीको सम्पादन छ । क्लेमेन्टाइन प्रोडक्सनको युट्युब च्यानलबाट टिजर रिलिज गरिएको सिनेमालाई वितरण जिम्मा आरआर फिल्मस्ले लिएको छ ।

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

सेन्सरमा रोकियो फिल्म ‘राजागंज’

प्रतिक्रिया