विश्व स्वास्थ्य संगठन स्थापना भएको त्यो दिन

न्योयोर्क- आजकै दिन अर्थात सन् १९४८ को ७ अप्रिलमा विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को स्थापना भएको थियो । विश्वव्यापी रोग र महामारीसँग जुध्न तथा स्वास्थ्य नीति निर्माण गर्न यस संस्थाको स्थापना भएको हो ।
हरेक वर्ष ७ अप्रिललाई विश्व स्वास्थ्य दिवसको रूपमा मनाइन्छ । विश्व स्वास्थ्य दिवस डब्लूएचओ र अन्य सम्बन्धित संस्थाहरूको प्रायोजनमा हरेक वर्ष ७ अप्रिलमा मनाइने विश्वव्यापी स्वास्थ्य सचेतना दिवससमेत हो ।
सन् १९४८ मा डब्लूएचओले पहिलो विश्व स्वास्थ्य सम्मेलन आयोजना गरेको थियो । सभाले सन् १९५० देखि लागू हुने गरी प्रत्येक वर्षको ७ अप्रिललाई स्वास्थ्य दिवस मनाउँने निर्णय गरेको थियो । पहिलो विश्व स्वास्थ्य दिवस अप्रिल ७, १९५० मा मनाइयो र त्यसयता हरेक वर्ष यो दिवस मनाइँदै आएको छ ।
विश्वव्यापी स्वास्थ्यको लागि महत्वपूर्ण विषयमा विश्वव्यापी ध्यानाकर्षण गर्ने अवसरको रुपमा यस दिनलाई उपयोगसमेत गरिन्छ ।
स्वास्थ्य दिवसको अवसरमा डब्लूएचओले अन्तर्राष्ट्रिय, क्षेत्रीय र स्थानीय कार्यक्रम अयोजना गर्छ । यस वर्षको विश्व स्वास्थ्य दिवस २०२२ को नारा ‘हाम्रो ग्रह, हाम्रो स्वास्थ्य’ रहेको छ । एजेन्सी

फ्रान्समा सार्वजनिक स्थानमा धूम्रपान प्रतिबन्ध

पाकिस्तानको उत्तर वजिरिस्तानमा आत्मघाती आक्रमण, १६ जना सैनिकको मृत्यु
युक्रेनको ओडेसामा रूसी ड्रोन आक्रमण, दुई जनाको मृत्यु, १४ घाइते

पाकिस्तानको उत्तरपश्चिम क्षेत्रमा बाढीले बगाउँदा ६ जनाको मृत्यु, नौ जना बेपत्ता

द्वन्द्व बढेसँगै चरम गरिबी झन् गहिरिँदै : विश्व बैंक

इरान र रुसका रक्षामन्त्री चीनमा

लेबनानमा इजरायली हवाई आक्रमणबाट हिजबुल्लाहका दुई सदस्यको मृत्यु

प्रतिक्रिया