एकल पुरुषलाई मासिक पाँच सय भत्ता दिइने

लमजुङ - लमजुङको मर्स्याङ्दी गाउँपालिकाले एकल पुरुषलाई मासिक पाँच सय रुपैयाँ भत्ता उपलब्ध गराउने भएको छ ।
मर्स्याङ्दी गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङले पालिकाभित्र रहेका ६० वर्षदेखि ६९ वर्षसम्मका एकल पुरुषले सामाजिक सुरक्षा भत्ता बापत मासिक रूपमा पाँच सय उपलब्ध गराउने बताए ।
उनले स्थायी रूपमा बसोबास गर्ने पेन्सन भएका एकल पुरुषलाई भने यो सेवा उपलब्ध नहुने बताएका छन् । गुरुङका अनुसार नौ वडा रहेको यस पालिकामा ९३ जना एकल पुरुष रहेका छन् ।
पालिकाको मंगलबार बसेको ९६औं बैठकले फागुन महिनादेखि लागू हुने गरी सम्मान स्वरूप एकल पुरुषलाई पनि सामाजिक सुरक्षा भत्ता दिने निर्णय गरेको हो ।

सुनको मूल्य घट्यो, कतिमा कारोबार हुँदैछ ?

सुनचाँदीमा लगाइएको विलासिता करको विरोधमा काठमाडौँमा प्रदर्शन (भिडियो)

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

सुशासन कायम गर्नसके राजस्व बढ्छ

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

साताको अन्तिम दिन नेप्से परिसूचक पाँच दशमलव ९९ अङ्कले घट्यो

'सुनचाँदी गहनामा लगाइएको विलासिता कर फिर्ता गर'

प्रतिक्रिया