पूर्वी युक्रेनबाट हजारौँ सर्वसाधारण पलायन

किभ – युक्रेनको दोनबासबाट हजारौं मानिसहरु सुरक्षित क्षेत्रतर्फ लागेका छन । रुसले आफ्नो आक्रमणको केन्द्रबिन्दु पूर्वीयुक्रेनलाई बनाउन थालेपछि त्यहाँबाट सर्वासाधारण मानिसहरु सुरक्षित क्षेत्रतर्फ लागेका छन् । युक्रेनी अधिकारीहरूले मानिसहरूलाई पूर्वी लुहान्स्क क्षेत्र खाली गर्न आह्वान गरिरहेका छन् ।
अमेरिकाले रूसी बैंकहरूविरुद्ध थप प्रतिबन्धहरू घोषणा गर्ने अनुमान गरिएको छ । अमेरिकाले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका दुई वयस्क छोरीहरूलाई लक्षित गरी अन्य प्रतिबन्ध लगाउने तयारीसमेत गरेको विवरणहरूमा जनाइएको छ ।
युक्रेनमाथिको हमलाको आकार घटाएको बताएको रुसी सेनाले पूर्वीयुक्रेन र दक्षिणी क्षेत्रलाई नियन्त्रणमा लिन खोजिरहेको युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बताएका थिए ।
यसअघि एउटा भिडियो सम्बोधनमा राष्ट्रपति जेलेन्स्कीले रुसले पूर्वमा दोनबास र दक्षिणी युक्रेनलाई नियन्त्रणमा लिन खोजिरहेको बताएका थिए ।
यसै साताको सुरुममा रुसले राजधानी किभ र उत्तरी सहर चेर्निभ वरपर सैन्य कारबाही ठूलो आकारमा घटाउने र यसको सट्टा पूर्वीयुक्रेनमा ध्यान केन्द्रित गर्ने बताएको थियो ।

फ्रान्समा सार्वजनिक स्थानमा धूम्रपान प्रतिबन्ध

पाकिस्तानको उत्तर वजिरिस्तानमा आत्मघाती आक्रमण, १६ जना सैनिकको मृत्यु
युक्रेनको ओडेसामा रूसी ड्रोन आक्रमण, दुई जनाको मृत्यु, १४ घाइते

पाकिस्तानको उत्तरपश्चिम क्षेत्रमा बाढीले बगाउँदा ६ जनाको मृत्यु, नौ जना बेपत्ता

द्वन्द्व बढेसँगै चरम गरिबी झन् गहिरिँदै : विश्व बैंक

इरान र रुसका रक्षामन्त्री चीनमा

लेबनानमा इजरायली हवाई आक्रमणबाट हिजबुल्लाहका दुई सदस्यको मृत्यु

प्रतिक्रिया