पेट्रोलियममा पूर्ण स्वचालित मूल्य प्रणाली, ऋणको ब्याज अझै माथि जानसक्ने

काठमाडौँ– सरकारले पेट्रोलियममा पूर्ण स्वचालित मूल्य प्रणाली लागू गर्ने भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठले विदेशी मुद्रा सञ्चितिमा बढ्दो चाप कम गर्न सरकारले उपभोग निरुत्साहीत गर्ने नीति लिएको बताए ।
‘स्वचालित मूल्यले इन्धन महँगो भई खपत कम भए कम परिमाण आयात गर्नेतर्फ गएका छौं,’ उनले भने, ‘विदेशी मुद्रा सञ्चितिमा दबाब परेका बेला इन्धनमा अनुदान दिएर आयल निगमको घाटा सरकारले पूर्ति गर्ने पक्षमा छैनौं ।’
अहिलेको स्वचालित मूल्य पद्धतिअनुसार नेपाल आयल निगमले अन्तर्राष्ट्रिय बजार मूल्य घटबढ हुँदा दुई प्रतिशतसम्म तलमाथि गर्न सक्छ । त्यसभन्दा धेरै मूल्य बढाउनु वा घटाउनुपर्दा सञ्चालक समितिमा लैजानुपर्छ ।
मूल्य समायोजनका लागि निगमलाई नै अधिकार दिने, यातायातमा जोरबिजोर प्रणाली लागू गर्ने, सातामा दुई दिन बिदा दिने लगायत विभिन्न विकल्पमा छलफल भैरहेको उनले बताए ।
त्यस्तै, नेपाल राष्ट्र बैंकले सबै खाले आयातमा एलसी खोल्दा शतप्रतिशत मार्जिन राख्नुपर्ने व्यवस्थाले बैंकको ऋणको ब्याज अझै महँगो हुने उनले बताए ।
‘उपभोग निरुत्साहीत नगरे हाम्रो अर्थतन्त्र पनि संकटोन्मुख हुन्छ,’ उनले भने, ‘अहिले लक्षण देखापर्न सुरु भैसकेकाले एकपछि अर्को कठोर निर्णय लिदैं जानुपर्ने हुन्छ ।’
अर्थतन्त्रलाई ‘सेफ जोन’मा राख्नुपर्छ भनेर प्रधानमन्त्री शेरबहादुर देउवाले सम्बन्धित सबै अधिकारीहरूलाई निर्देशन दिइसकेको उनको भनाई थियो ।

क्लासिक टेकको डिलर पार्टनर बन्ने मौका, बिना लगानी फोनबाटै आम्दानी!

सुनको मूल्य घट्यो, कतिमा कारोबार हुँदैछ ?

सुनचाँदीमा लगाइएको विलासिता करको विरोधमा काठमाडौँमा प्रदर्शन (भिडियो)

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

सुशासन कायम गर्नसके राजस्व बढ्छ

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

साताको अन्तिम दिन नेप्से परिसूचक पाँच दशमलव ९९ अङ्कले घट्यो

प्रतिक्रिया