बुद्ध थिएटर फेस्टिभल सुरु

काठमाडौँ : कथित तल्लो जातका एक युवकले पानी छोइदिएको निहुँमा कथित माथिल्लो जातका मानिसहरू उनलाई कुट्न तम्सिए । सबै आफूमाथि जाइलागेको देख्दा ति युवक चिच्याए । यत्तिकैमा ति युवकलाई संरक्षण गर्न आइपुगे । अँगालोमा लुकाउन खोजे । तर उक्त युवक ‘मलाई नछुनुहोस्, तपाई दुषित हुनुहुनेछ’ भन्दै बुद्धलाई पन्छाउन खोज्छन् । तब बुद्ध भन्छन्– किन दुषित हुन्छु म ? तिमी पनि सबै जस्तै मानिस हो । एक मानिसले अर्काे मानिसलाई कसरी दुषित बनाइदिन सक्छ ? केबल लाज, घृणा, भ्रम, लोभ, मोह, तृष्णाले मात्रै मनुष्यलाई दुषित बनाउन सक्छ ।’
नाटक ‘तथागत’मा देखिएको यो दृश्यले बुद्धको सरलता र ज्ञानलाई दर्शाउँछ । यस्तै बुद्धको जीवनशैली र दर्शनसँग सम्बन्धित नाटक ‘तथागत’ देखाउँदै आइतबारदेखि काठमाडौँमा बुद्ध थिएटर फेस्टिभल सुरु भएको छ । काठमाडौँको जमलस्थित सांस्कृतिक संस्थानमा आइतबारबाट सुरु भएको फेस्टिभलमा देखाइएको नाटकको निर्देशन भातरका डा डानी कर्माकरले गरेका हुन् । साथै नाटक रविन्द्रनगर नाट्ययुधले प्रस्तुत गरेका थिए । कोभिड-१९ को संक्रमणको खतराले गर्दा नाट्य टोली नेपाल आउन पाएन । सांस्कृतिक संस्थानमा आइतबार नाटकको भिडियो देखाइएको थियो । ४० मिनेट लामो नाटकमा धर्म, वर्ग, जातिको हिसाबमा हुने गरेका विभेदहरू देखाइएको छ ।
वाग्मती प्रदेश सरकारको सहयोग, सांस्कृतिक संस्थान नाचघर र डबली थिएटरको आयोजनामा भएको फेस्टिभलको उद्घाटन कलाकार मदनदास श्रेष्ठ, प्राडा अभि सुवेदी र प्रा तुलसी दिवसले गरेका थिए । उद्घाटन पछि बोल्दै कवि तुलसी दिवसले बुद्धको ज्ञान विश्वभर फैलिनुपर्ने बताए । त्यस्तै यस्ता फेस्टिभलमा देखाइने नाटकहरूका माध्यमबाट बुद्धको महिमा चिनाउने अवसर हुन सक्ने उनले सुनाए ।
फेस्टिभलका निर्देशक पुस्कर गुरुङका अनुसार गत वर्ष नै फेस्टिभल आयोजना गर्ने तयारी थालिएको थियो । तर कोभिड–१९ को महामारी फैलिएपछि फेस्टिभल गर्न पाएन । उनले भने, ‘यसवर्ष बुद्ध सम्बन्धी बनेका नाटकहरू खोज्यौँ । हामीले पाँच वटा नाटक पायौँ र फेस्टिभलको आयोजना गर्न तम्सियौँ ।’
सांस्कृतिक संस्थानका महाप्रबन्धक अशोक प्यासी राईका अनुसार यो फेस्टिभले पर्यटकीय महत्व समेत बोक्न सक्छ । कार्यक्रममा परम्परागत ‘पञ्चबुद्ध’ र ‘मञ्जुश्री’ नृत्य प्रस्तुत गरेका थिए । त्यस्तै १४ जना लामाहरूले लामा मन्त्र पाठ गरेका थिए । फेस्टिभल पाँच दिनसम्म चल्नेछ । फेस्टिभलको दोस्रो दिन सोमबार नेपालका मण्डला थिएटरले ‘सिद्धार्थको गृह त्याग’ नाटक देखाउने छ । नाटकलाई विकास जोशीले निर्देशन गरेका हुन् ।
नाटक फोटो : रविन्द्रनगर नाट्ययुध भारत र सरोज बैजु/इकागज

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया