झा दम्पती वेपत्ता प्रकरण : पक्राउ परेकाहरू सार्वजनिक

जनकपुरधाम : महाेत्तरी प्रहरीले वेपता झा दम्पतिकाे घटनामा संलग्न रहेकाे आराेपमा पक्राउ परेमा ४ जनालाई सार्वजनिक गरेको छ । पिपरा गाउंपालिका ५ सहाेडवाका रामबाबु यादव, सुरेन्द्र यादव, राजेन्द्र यादव र भारतीय नागरिक बिहार राज्यकाे मधुबनी जिल्ला तरैया ग्राम पंचायतका हरेन्द्र ठाकुर रहेकाे प्रहरीले जनाएकाे छ । आइतबार पत्रकार सम्मेलन गरी जिल्ला प्रहरी कार्यालय महाेत्तरीले उनीहरूलाई सार्वजनिक गरेकाे हाे ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीले बेपत्ता भएका दम्पतीको अवस्था सार्वजनिक गर्न नसकेपछि सीआइबीले अनुसन्धान थालेको २ दिन नबित्दै चारै जनालाई घटनामा संलग्न रहेको आशंकामा पक्राउ गरी सार्वजनिक गरिएको हाे । झा दम्पत्ति अझै कहाँ छन् खुलेको छैन । उनीहरूको अवस्था अज्ञातनै रहेकाे जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक दिनेश आचार्यले बताए ।
अभियुक्तहरूकाे घटना संलगन्ता बारे एसपी आचार्यले भने, 'अभियुक्त मध्येका रामबाबुसँग झा दम्पतिबीच जग्गा सम्बन्धी विवादले पटक-पटक झै झग्डा भएकाे र घटनास्थलमा वेपत्ता दम्पतिकाे काेठादेखि रामबाबुकाे घरसम्म र उनकाे घरकाे गेटमा रगतकाे छिटा देखियो ।'
गत फागुन १० गते घरमै सुतिरहेको अवस्थामा ओछ्यानसहित बेपत्ता भएका महोत्तरीको पिपरा गाउँपालिका-५ का ६५ वर्षीय मोसाफिर झा र उनकी पत्नी ६० वर्षीया गीतादेवी झालाई घरमै सुतीरहेको अवस्थामा ओछ्यानसहितै वेपत्ता पारिएको थियो ।

जलवायु परिवर्तनसम्बन्धी अन्तर्क्रिया गुफाडाँडामा

झोलुङ्गे पुल निर्माण गरेपछि यात्राअवधि छोटियो

बाँझो जमिनमा तरकारी उत्पादन गर्दै धर्मराज

खडेरीले सुक्न थाल्यो बेतना सिमसार

चन्द्रागिरिका तीन वडा पहिरोको उच्च जोखिममा

जग्गा किर्तेमा संलग्न समाजवादीबाट निर्वाचित वडाध्यक्ष पक्राउ

पत्रकार महिलाहरूको अक्षयकोषमा ५१ लाख सङ्कलन

प्रतिक्रिया