बारको अध्यक्षमा घिमिरेको अग्रता

काठमाडौँ - नेपाल बार एशोसिएशनको २६औँ केन्द्रीय कार्यसमितिको निर्वाचनको मतगणनामा बृहत् लोकतान्त्रिक प्रगतिशील समावेशी तथा पेसागत कानुन व्यवसायी समूहका अध्यक्ष गोपालकृष्ण घिमिरेले अग्रता लिएका छन् ।
घिमिरेले हालसम्म गणना भएको मध्ये ७७७ मत प्राप्त गर्नुभएको छ भने प्रगतिशील तथा पेशागत कानुन व्यवसायी समूहका अध्यक्ष विष्णुमणि अधिकारीले ३७२ मत प्राप्त गरेका छन् ।
नेपाल बार एशोसिएशन, २०७८ को प्रमुख निर्वाचन अधिृकत वरिष्ठ अधिवक्ता उषा मल्ल पाठकका अनुसार हालसम्म ११ केन्द्रको मतगणना सम्पन्न भएको छ । तीमध्ये सर्लाही, इलाम, महेन्द्रनगर, पर्सा, दिपायल, झापा, जनकपुर, रौतहट, धनकुटा, धनगडी र सिरहाको मतगणना सम्पन्न भएको हो । सर्वोच्च अदालत बार एशोसिएशनको ३०० मत गणना भएको छ भने ललितपुर बार एशोसिएशनको १५० मत गणना भएको छ ।
हालसम्म गणना भएको मतमा घिमिरेले नेतृत्व गर्नुभएको समूहको अग्रता रहेको छ । महासचिवमा हालसम्म अन्जिता खनालले ६९७ र केदारप्रसाद कोइरालाले ४४३ मत प्राप्त गरेका छन् । कोषाध्यक्षमा भरतबहादुर राउतले ७५३ र जगतबहादुर कार्कीले ३९२ मत प्राप्त गरेका छन् ।
प्रमुख निर्वाचन अधिृकत पाठकले बुधबार बिहान ९ बजेदेखि पुनः मतगणना प्रारम्भ गरिने तथा पूर्णरुपमा नजिता भने शुक्रबार मात्र आउने जानकारी दिए ।
बारको यही चैत १९ गते काठमाडौँ केन्द्रसहित देशभर ३५ स्थानमा मतदान सम्पन्न भएको थियो । बारमा अध्यक्षसहित ११ पदाधिकारी र सदस्य गरी २५ जनाको कार्यसमितिका लागि भएको निर्वाचनमा नौ हजार ७०८ अधिवक्ता मतदाताले मतदान गरेका थिए ।
त्यसमध्ये उपत्यकामा पाँच हजार ७०० र उपत्यका बाहिर तीनहजार ५०० मतदाता रहेका थिए । सात हजार ४२९ मत मात्र खसेको थियो ।

प्रधानन्यायाधीशबाट सैनिक विशेष अदालतको निरीक्षण

टिकटकर रमा बस्नेत धरौटीमा रिहा

माधव नेपाललाई धरौटीमा छाड्न आदेश

सार्वजनिक यातायात बन्द–हड्ताल नगर्न व्यवसायीको नाममा सर्वोच्चको अन्तरिम आदेश

६१ केजी अवैध सुन तस्करी प्रकरण: अमलालाई सरकारी वकिलसमक्ष पेश , थुनछेक आजै

दुई न्यायाधीशमाथि छानबिन गर्न समिति बन्यो

समाचार हटाउने आदेश खारेज

प्रतिक्रिया